भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तीन हजार ६५१ सङ्क्रमित थपिए, २२ को मृत्यु

तीन हजार ६५१ सङ्क्रमित थपिए, २२ को मृत्यु

​काठमाडौँ । पछिल्लो २४ घण्टामा थप तीन हजार ६५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क  अनुसार सो अवधिमा १६ हजार ५९४ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

देशभरका विभिन्न प्रयोगशालामा १० हजार ४४५ जनाको आरटी–पिसीआर परीक्षण गर्दा दुई हजार ६०९ जनामा सङ्क्रमण पुष्टि भएको छ भने सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी छ हजार १४९ जनाको एन्टिजेन परीक्षण गरिएकोमा एक हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

देशका विभिन्न ठाउँमा २२ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ११५ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टाभित्र नेपालमा थप एक हजार ७८४ जना कोरोना सङ्क्रमित निको भएका छन् ।

विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेशनमा रहेका ती सङ्क्रमित सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमित भइ निको हुने दर ९३ दशमलव ५ प्रतिशत छ । हालसम्म छ लाख ७१ हजार ८३ जना सङ्क्रमणमुक्त भएका छन् ।

त्यसैगरी देशभर ३६ हजार २८८ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । तीमध्ये ३२ हजार ९०७ होम आइसोलेशनमा छन् भने संस्थागत आइसोलेशनमा तीन हजार ३८१ जना छन् । सात सय ४१ जना आइसियुमा र १८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । देशभर ४४१ जना क्वारेन्टिनमा रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.