भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

बाढीपहिराका कारण गाउँ पुग्न तुइनको सहारा

बाढीपहिराका कारण गाउँ पुग्न तुइनको सहारा

मनाङ, । असार १ गते बाढीपहिराले नासो गाउँपालिकामा सबैभन्दा बढी क्षति पुगेको छ । बाढीपहिराले सबैभन्दा बढी क्षति पुयाएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेको गाउँ पुग्न नै मुस्किल भएको छ अहिले । चारैतिर नदी, खोलाले घेरिएको नासों गाउँपालिका–८ ताचै पुग्न ज्यान नै जोखिममा राख्नुपर्ने अवस्था छ ।

“पानी पर्न अझै पनि रोकिएको छैन, नदी, खोला, खोल्साको बहाव बढ्ने सम्भावना उत्तिकै छ तर गाउँमा पुगेर स्थानीयको सेवा गर्नुपर्ने भएकाले ज्यान जोखिममा राखेर पुग्ने गरेको छु”, गाउँपालिका अध्यक्ष घलेले भन्नुभयो । “टेलिफोन टावर छैन । आवतजावत गर्ने बाटो छैन । विद्युत् छैन । गाउँका केही घर पहिरामा भासिएका छन् । झोलुङ्गे पुल बगाएको छ ।

सडक छैन”, उहाँले भन्नुभयो, “गाउँमा वारपार गर्न चाइनिजले निर्माण गरेको एक मात्रै तुइन सहारा बनेको छ । त्यो पनि जीर्ण अवस्थाको छ । गाउँबाट पालिकासम्म पुग्नसक्ने अवस्था अझैसम्म पनि बनाउन सकेका छैनौँ ।” गाउँमा सञ्चार र विद्युत् आपूर्ति नहुँदा अन्धकारमा छ । गाउँपालिकाका केही स्थानका टेलिकम टावर मर्मत तथा सौर्य ऊर्जा जडान गरेर प्रयोगमा ल्याउने प्रयास भइरहेको छ ।

नासो–८ का वडाध्यक्ष हुपजङ्ग गुरुङ गाउँले मिलेर गोरेटो निर्माण गरे पनि मस्र्याङ्दी नदी वारपार गर्न तुइनबाहेक अरु विकल्प नभएको बताउनुहुन्छ । “तुइन पनि जीर्ण अवस्थामा छ । जोखिम मोलेर वारपार गरेका छौँ । केही दिनसम्म राहतले चलाउला तर सधैँ त गाह्रो हुन्छ । ताचैको त पूर्णरुपमा विच्छेद भएका छौँ”, गुरुङले भन्नुभयो ।

खिया लागेको लामो समयसम्म नचलेको तुइन प्रयोग गरी मस्र्याङ्दी वारपार गर्नुपर्दा घर फर्किने हो कि होइन भन्ने चिन्ताले सताउने गरेको स्थानीय शेरजङ्ग गुरुङ बताउनुहुन्छ । नासो गाउँपालिका–९ दानाक्युबाट वडा नं ८ ताचै जान अप्पर मस्र्याङ्दी दुई जलविद्युत् आयोजनाले जडान गरेको सामान तार्न तुइन बनाएको हो ।

“स्थानीयले बनाउन सक्नेजति त बनाएर सजिलो बनाएका छौँ नि । ठूलो नदीलाई त जित्न पनि नसकिने स्थानीय स्रोतसाधनले पनि नभ्याउने रहेछ । जोखिम मोल्दै सरकारको मुख ताकेर बस्नुपर्ने अवस्था छ”, उहाँ भन्नुहुन्छ, “सरकारले छिटो बनाइदिए स्थानीयको खुशी फर्किने थियो र अभिभावक रहेको महसुस गर्न पाइन्थ्यो भन्ने लाग्छ के गर्नु रु छिटो सुनुवाइ होस् ताचैवासीको अनि सम्पूर्ण मनाङवासीलाई सजिलो होस् ।”

ताचैसँगै यस गाउँपालिकाको वडा नं १ ताल, ३ नं वडाको धारापानी, खोत्रो, ५ नं वडाको थोंचे, ६ र ७ नं वडाको तिल्चे र ९ नम्बर वडाको दानाक्युमा बाढीपहिराले बढी क्षति पु¥याएको छ । यी गाउँ एकाापसमा सम्पर्क र आवतजावतसमेत गर्नसक्ने अवस्थामा छैनन् । केही स्थानमा गोरेटो बाटो र अस्थायी काठे पुल निर्माण गरी आवतजावतलाई सहज बनाइएको छ ।

मस्र्याङ्दी नदीमा आएको बाढीले नासोंको प्रशासनिक भवन नै बगाएपछि पूर्णरुपमा विस्थापित भएको छ । अत्यावश्यक सेवा प्रवाह गर्नसमेत समस्या भएको छ । गाउँपालिकाको सेवा नै छिमेकी जिल्ला लमजुङबाट अस्थायी कार्यालय राखेर सेवा प्रवाह भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.