भर्खरै : Sorry, your browser does not support inline SVG.
नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर | २५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीलाई बेहोस बनाएर दाह्रा काट्ने तयारी | बारम्बार बत्ती जाने समस्या अन्त्य गर्न सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारीमा | १० जिल्लामा बाढीको जोखिम, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह | मौद्रिक नीतिले बजेटलाई बलियो साथ दिएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल | ७ जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रेमा अझै उच्च जोखिम | होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन |

तेस्रो ‘बेल्ट एण्ड रोड फोरम’मा एक सय १० भन्दाबढी देशका प्रतिनिधि सहभागी हुने

तेस्रो ‘बेल्ट एण्ड रोड फोरम’मा एक सय १० भन्दाबढी देशका प्रतिनिधि सहभागी हुने

चीन । तेस्रो ‘बेल्ट एण्ड रोड फोरम’मा एक सय १० भन्दाबढी देशका प्रतिनिधि सहभागी हुने भएका छन् । आगामी महिना चीनमा आयोजना हुने हुने तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा एक सय १० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने भएका हुन ।

विश्व ब्याङ्कले सन् २०३० सम्ममा बिआरआई यातायात पूर्वाधार पूर्ण रूपमा कार्यान्वयन भएमा विश्वव्यापी वास्तविक आयमा ०.७ प्रतिशतले योगदान भई करिब ७६ लाख जनतालाई चरम गरिबीबाट हटाउन सकिने जनाएको प्रवक्ता माआले बताइन् । फोरमको तयारी द्रुत गतिमा भइरहेको छ ।

सम्बन्धित देशबाट प्राप्त परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङलले मङ्गलबार बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा बताइन् । प्रवक्ता माओका अनुसार ‘बेल्ट एण्ड रोड फोरम’अन्तर्गत उद्घाटन समारोह, ‘कनेक्टिभिटी’, हरित विकास र ‘डिजिटल’ अर्थतन्त्रसम्बन्धी तीनवटा उच्चस्तरीय बैठक, सहज व्यापार, जनस्तर एवं विद्वत् व्यक्तित्व आदानप्रदानलगायत अन्य छ वटा विषयमा छलफल हुनेछ ।

 

 


Thali Mobile Pvt.Ltd.