भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज काठमाडौं फर्कियो

दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज काठमाडौं फर्कियो

काठमाडौं । काठमाडौंबाट दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज काठमाडौं नै फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एक घण्टामै गएराति नेपाल एअरलाइन्सको आर ए ४१२ नम्बरको जहाज काठमाडौं फर्किएको हो ।

जहाजमा हुने टिकास (जहाजको आसपासमा केही समस्या आए अलर्ट अर्थात् जनाउ दिने प्रविधि) मा खराबी आएकाले जहाजलाई फर्काइएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जहाज गएराति ११ बजेर १० मिनेटमा विमानस्थलमा अवतरण गरेको थियो ।

विमानस्थलका एक कर्मचारीले भने, ‘पाकिस्तानको सीमा नजिकै पुगेको जहाज प्रविधिमा खराबी आएको थाहा पाएपछि भारतीय आकाशबाटै फर्किएको हो ।’ उनका अनुसार जहाजका यात्रुलाई अब नेपाल एअरलाइन्सकै अर्को जहाजबाट गन्तव्यमा पुर्याइने भएको छ ।

 


Thali Mobile Pvt.Ltd.