भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज काठमाडौं फर्कियो

दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज काठमाडौं फर्कियो

काठमाडौं । काठमाडौंबाट दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज काठमाडौं नै फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एक घण्टामै गएराति नेपाल एअरलाइन्सको आर ए ४१२ नम्बरको जहाज काठमाडौं फर्किएको हो ।

जहाजमा हुने टिकास (जहाजको आसपासमा केही समस्या आए अलर्ट अर्थात् जनाउ दिने प्रविधि) मा खराबी आएकाले जहाजलाई फर्काइएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जहाज गएराति ११ बजेर १० मिनेटमा विमानस्थलमा अवतरण गरेको थियो ।

विमानस्थलका एक कर्मचारीले भने, ‘पाकिस्तानको सीमा नजिकै पुगेको जहाज प्रविधिमा खराबी आएको थाहा पाएपछि भारतीय आकाशबाटै फर्किएको हो ।’ उनका अनुसार जहाजका यात्रुलाई अब नेपाल एअरलाइन्सकै अर्को जहाजबाट गन्तव्यमा पुर्याइने भएको छ ।

 


Thali Mobile Pvt.Ltd.