भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

‘दर्पणछायाँ ३’ को सुटिङ सिक्किमबाट

‘दर्पणछायाँ ३’ को सुटिङ सिक्किमबाट

काठमाडौं । चर्चित फिल्म ‘दर्पणछायाँ’को तेस्रो श्रृंखलाको छायांकन सिक्किमबाट सुरु हुने भएको छ ।

यसै महिनाभित्र फिल्मको मुहूर्त हुने र जनवरीबाट छायांकन सुरु गर्ने योजना रहेको सिक्किम फिल्म बोर्डकी अध्यक्ष पूजा शर्माले बताइन् ।

अभिनेता उत्तम प्रधान र अध्यक्ष शर्माबीच ‘दर्पणछायाँ ३’ को छायांकनका विषयमा छलफल भएको शर्माले जानकारी दिइन् ।

प्रमुख भूमिकामा देखिएका उत्तमले तेस्रो शृंखलामा अभिनयका साथै निर्देशन समेत गर्ने भएका छन् । फिल्ममा उत्तमसहित दिलीप रायमाझी र निरुता सिंह प्रमुख भूमिकामा हुनेछन् ।

अधिकांश कलाकार सिक्किमबाट लिने उत्तमले बताए ।

 


Thali Mobile Pvt.Ltd.