भर्खरै : Sorry, your browser does not support inline SVG.
रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु |

दिनभरी साइकल बेच्ने, रातभरी स्थानीयलाइ धम्क्याउँदै चोरी गर्ने तीन भारतीय पेस्तोलसहित पक्राउ

दिनभरी साइकल बेच्ने, रातभरी स्थानीयलाइ धम्क्याउँदै चोरी गर्ने तीन भारतीय पेस्तोलसहित पक्राउ

कञ्चनपुर । लुटपाट गर्ने तीन भारतीयलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–१ र २ का विभिन्न गाउँमा हतियार देखाएर लुटपाटमा संलग्न भारतको लखिमपुर, थाना मितौली ग्राम बस्ने राजु ईन्द्रसी, लखिमपुर तहसील मितौलीकका मुजिबा बञ्जरा र लखिमपुर तहसील पलियाका युसुफ अलीलाई पक्राउ गरेको हो ।

प्रहरीले सात राउण्ड गोली र एक थान कटुवा पेस्तोलसमेत बरामद गरेको छ । नेपालमा आएर दिनमा गाउँघरमा साइकलमा विभिन्न सामान बिक्री गर्ने र गाउँको अवस्था बुझी राति समूह बनाएर लुटपाट गर्ने गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्यामसिंह चौधरीले बताए ।

सीमा नाकास्थित विभिन्न गाउँमा राति हतियार देखाएर लुटपाट गर्ने घटना बढेपछि प्रहरीले गस्ती बढाएको थियो । गस्तीको बेला उनीहरूलाई पक्राउ गरेको हो । प्रहरी टोलीले तीन भारतीय नागरिकलाई रोकेर खानतलासी गर्न खोज्दा तीनै जना भागेर नजिकैको उखुबारीमा लुकेका थिए ।

प्रहरीले तत्कालै राजु ईन्द्रसीलाई नियन्त्रणमा लिएर उनको साथबाट चार राउण्ड ठूलो गोली, दुई राउण्ड सानो गोली र एक थान लोड गरिएको कटुवा पेस्तोल बरामद गरेको छ । उखुबारीमा लुकेर बसेका अन्य दुईजनालाई स्थानीयले सात घण्टापछि नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

प्रहरीले पक्राउ गरेकामध्ये राजु ईन्द्रसी लखिमपुरमा मोटरसाइकल चोरीको आरोपमा लखनौ जेलबाट आठ महिना कैद भुक्तान गरेर २० हजार जरिवानामा गत साता मात्रै छुटेका थिए।

 


Thali Mobile Pvt.Ltd.