भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

फोरेस्टसँग चेल्सी बराबरीमा रोकियो

फोरेस्टसँग चेल्सी बराबरीमा रोकियो

काठमाडौं । आइतबार राति सम्पन्न इङ्लिस प्रिमियर लिगअन्तर्गत खेलमा चेल्सी नटिङ्घम फोरेस्टसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

एक गोलले पछि परेको फोरेस्ट घरेलु मैदानमा हारबाट जोगिएको हो । चेल्सी भने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो । चेल्सी १६ खेलबाट २५ अंक साथ आठौं स्थानमा छ भने १४ अंक जोडेको फोरेस्ट रेलिगेशन क्षेत्रमा छ ।

खेलको १६औं मिनेटमा रहिम स्टर्लिङको गोलमा चेल्सीले खेलमा अग्रता बनाएको थियो । पोलमा ढोकिएको रिबाउँन्ड बललाई बक्स भित्रबाट स्टर्लिङले वान टचमै जाली चुमाएका थिए । खेलको ६३औं मिनेटमा फोरेस्ट खेलमा फर्कियो ।

बोलीको पासमा सर्जी औरियरले बराबरी गोल गरेका थिए । राति नै भएको खेलमा टोटनहम घरेलु मैदानमा एस्टन भिल्लासँग २–० ले पराजित भएको छ ।

जितसँगै एस्टन भिल्ला १७ खेलमा २१ अंक जोडेर १२ औं स्थानमा रहेको छ। पराजित टोटनहम समान खेलबाट ३० अंकका साथ पाँचौ स्थानमा छ।

 


Thali Mobile Pvt.Ltd.