बाँके । भेरी अस्पतालमा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुरुष, कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
मधुवन नगरपालिका वडा नं ६ निवासी ७१ वर्षीय पुरुषको उपचारका क्रममा मङ्गलवार राती साढे १० बजे मृत्यु भएको थियो भने भेरी अस्पतालमा माघ १० गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएपछि सोही दिन भर्ना गरिएको स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
यस्तै कालिकोट शुभकालिका वडा नं ५ निवासी १६ वर्षीय बालकको भेरी अस्पतालमा बुधबार बिहान मृत्यु भएको हो। यही माघ ४ गते पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभपछि भोलीपल्ट भेरी अस्पतालमा भर्ना गरिएकामा उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला कोभिड ब्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिए।
