भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

बैतडी बस दुर्घटना, ८ जना घाइते

बैतडी बस दुर्घटना, ८ जना घाइते

बैतडी । पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–२ रौतगाउँमा बस दुर्घटना भएको छ ।बिहान ६ बजे ना ७ ख २५७० नम्बरको बस दुर्घटना हुँदा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक दर्शन खड्काले जानकारी दिए।

घाइते हुनेमा मेलौली–६ का कमलापति भट्ट, मेलौलीकै मनिषा चन्द, दुर्गादत्त भट्ट, शिवनाथ गाउँपालिकाकी शुशिला चन्द, शिवनाथकै जनक औजी, रामसिंह साउँद, कञ्चनपुरको बेदकोट नगरपालिका दैजीकी पुजा भट्ट र बारा घर भएका सिराज अन्सारी रहेका छन् ।

\घाइतेको उपचारका लागि डडेल्धुरा जिल्ला अस्पताल पठाइएको छ । ३२ जना सवार बस सडकबाट २० मिटर तल खसेको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 


Thali Mobile Pvt.Ltd.