भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

दुई ट्रक स्वास्थ्य सामग्री नेपाल पुग्यो, चीनबाट पाँच ट्रक थप सामग्री आइपुग्दै

दुई ट्रक स्वास्थ्य सामग्री नेपाल पुग्यो, चीनबाट पाँच ट्रक थप सामग्री आइपुग्दै

काठमाण्डौ । रसुवागढी नाकाबाट दुई ट्रक स्वास्थ्य सामग्री नेपाल पुगेको छ । चीनबाट आयात भएका दुई ट्रक स्वास्थ्य सामग्री नेपाल भित्रिएका हुन् ।

भन्सार जाँच गर्ने कामसमेत सकेर ती ट्रक गन्तव्यतर्फ पठाइएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए । केरुङ नाका हिजोदेखि सञ्चालनमा आएको पछि चिनियाँ पक्षले दिएपछि स्वास्थ्य सामग्री मितेरी पुलमा आइपुगेका थिए ।

अन्य सामग्री आयातका लागि सीमा क्षेत्रका चिनियाँ अधिकारीसँग समन्वय भइरहेको र भोलि पाँच ट्रक सामग्री रसुवागढी आइपुग्ने उनले जानकारी दिए । चिनियाँ पक्षले रसुवागढी नाकाको भन्सार यार्ड पनि अवलोकन गरिसकेको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए ।

 

 


Thali Mobile Pvt.Ltd.