भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

दुई वटा रेल ठोक्किँदा १५ जनाको मृत्यु

दुई वटा रेल ठोक्किँदा १५ जनाको मृत्यु

काठमाडौं । बङ्गलादेशमा दुई वटा रेल एकापसमा ठोक्किँदा १५ जनाको मृत्यु भएको छ । बन्दरगाह सहर चट्टोग्रामतर्फ गइरहेको कन्टेनर रेल आज दिउँसो करिब साढे ३ बजे ढाका गइरहेको एगरोसिन्धुर एक्सप्रेससँग ठोक्किएको हो ।

किशोरगञ्ज जिल्लामा दुर्घटना भएको जिल्ला अतिरिक्त प्रहरी उपरीक्षक मोस्ताक सरकारले जानकारी दिए । उनका अनुसार दुर्घटनामा एगरोसिन्धुर एक्सप्रेसका कयौँ डिब्बा पल्टिँदा करिब एक सय जना घाइते भएका छन् ।

उनले मर्नेहरूको सङ्ख्या अझै बढ्ने आशङ्का गरे । अधिकारीहरूका अनुसार जीवित अधिकांश यात्रीहरूलाई चोट लागेको छ र उनीहरूलाई अस्पताल पुर्याइएको छ । सयौँ स्वयंसेवक र स्थानीय बासिन्दा अग्निशमनकर्ताहरूसँग सहभागी भएर भग्नावशेषमा फँसेका मानिसलाई बचाउन सक्रिय भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.