काठमाडौं । यस बर्षको विजया दशमीको उत्तम साइत ११ः०२ बजे रहेको छ । कोजाग्रत पूर्णिमाका दिनसम्म टिधच लगाउन सकिने भएको छ ।
१५ दिनसम्म नेपालीले बडादशैँ पर्व भव्य रुपमा मनाउँदै आएका छन् । यसैबीच राष्ट्रपति कार्यालयले विजयदशमीका दिन टिका लगाइदिने तालिका सार्वजनिक गरेको छ ।
अपरान्ह २ बजेदेखि ५ बजेसम्म टिका प्रदान गर्ने समय तालिका सार्वजनिक गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट व्यक्तिहरुका लागि बिहान २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणका लागि ३ बजेदेखि ५ बजेसम्म टिका प्रसाद प्रदान गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
टिका ग्रहण गर्न जाने व्यक्तिले मर्यादित पोशाक लगाएर १ नम्बर प्रवेशद्वार प्रयोग गर्न आग्रह गरिएको छ ।
