दैलेखको आठबीसमा नेमकिपाको चुनावी सभा सम्पन्न, एमसीसीका मतियारलाई हराउन आग्रह

दैलेखको आठबीसमा नेमकिपाको चुनावी सभा सम्पन्न, एमसीसीका मतियारलाई हराउन आग्रह

दैलेख । एमसीसीका मतियारहरुलाई हराउने भन्दै नेपाल मजदुर किसान पार्टी दैलेखले निर्वाचन क्षत्र २ चुनावी सभा सम्पन्न गरेको छ । आठबीस नगरपालिका राकम कर्णालीमा पहिलो चुनावी सभा सम्पन्न गरेको हो ।

सभामा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले शासक दलहरुले जनताका समस्या र दैनिक सरोकारका विषयमा छलफल गर्ने तर ध्यान नदिने भएकाले उनीहरुलाई नै भोट दिएर जिताउनु दुर्भाग्य हुने बताए ।

उनले भने, ‘काँग्रेस, एमाले, माओवादीलगायतका पार्टीहरुले जनतालाई झुक्याएर मत माग्ने अनि उनीहरुलाई बहुँमत दिएर सरकारमा पठाउनु आफ्नै खुट्टामा बन्चरो हान्नु सरह भएको बताए । आफ्नै पार्टीभित्र पनि अविस्वासको वातावरण सृजना हुनु, सरकार चलाउन नसक्नु, त्यसैमा पञ्चदेखी कम्युनिष्ट हौं भन्नेहरु गठबन्धन बनाएर जनता सामु भोट माग्न जानु कुन सिद्धान्त हो ?’

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य बजिरसिह विकले गरिब, मजदुर, किसान एवं जनताका पक्षमा नेपाल मजदुर किसान पार्टीले घोषणा पत्र ल्याएको बताए । सत्ता साझेदार दलका घोषणा पत्रले जनतामा भ्रम फिजाउने बाहेक अरु नभएको बताए ।

देखावटी घोषणापत्र ल्याउने अनि कार्यान्वयन नगर्ने भएकाले यस विषयमा जनताले बुझ्नु पर्ने बताए । उनले भने, ‘प्रश्न गर्ने समय आएको छ, हिजो माओवादीविरुद्ध ‘किलो शेरा टु अप्रेसन’ सञ्चाल गर्ने र टाउकोको मूल्य तोक्ने, रेडक्रनर नोटिस जारी गर्ने काँग्रेस आज त्यही माओवादीसंग साख्खै कसरी हुन पुग्यो ?

यही सरकारका विरुद्ध लडेको माओवादी कसरी काँग्रेस हुन पुग्यो ? हामीले किन शंका नगर्ने ? जनताले अहिले बुझ्ने बेला आएको उनको भनाइ थियो । शासक दलहरु सत्तामा पुगेदेखि आजसम्म जनताका न्युनतम समस्या समाधान गर्न नलागेको कुरा प्रष्ट्याउदै झूठको खेती गरेर खाने दलहरुलाई जनताले यही चुनावबाट हराउनु पर्ने पार्टी जिल्ला सचिवालय सदस्य तथा दैलेख निर्वाचन क्षेत्र दुई प्रचार प्रसार समितिका संयोजक निरक बहादुर शाहीले बताए ।

साम, दाम, दण्ड भेद अपनाएर चुनाव जित्ने ठूला दलको नियती यतीबेला जनताले बुझ्नै पर्ने बेला आएको उनको जिकिर थियो । दलाल पार्टीको गाइजात्रामा नलागि जनताले आफ्नो हितका लागि नेपाल मजदुर किसान पार्टीलाई जिताउनु पर्ने बताए ।

यसैगरी दैलेख क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य उम्मेदवार केशेन्द्र प्रकाश कार्की र प्रदेश सभा क्षत्र २ ‘ख’ का प्रत्यक्ष उम्मेदवार जयाबहादुर थापाले आफूलाइ भोट दिएर विजय गराउन मतदातालाई आग्रह गरे ।

नेपाल मजदुर किसान पार्टी आठबिस नगर समितिका अध्यक्ष जय बहादुर बडुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा मान बहादुर सिजापती र नवीन सिजापतिले बोलेका थिए । कार्यक्रममा चर्चित देउडा गायिका पानसरा थापासहित देउडा गायकहरुले ठूला दलका कृयाकलापमाथि व्यङ्य प्रहार गर्दै किसानका पक्षमा देउडा गित प्रस्तुत गरेका थिए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.