भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

दैलेखको आठबीस नगरपालिकामा विद्युतीय हाजिरी संचालन

दैलेखको आठबीस नगरपालिकामा विद्युतीय हाजिरी संचालन

दैलेख । दैलेख जिल्लास्थित आठबीस नगरपालिकाले विद्युतीय हाजिरी (ई–हाजिरी) सुरु गरेको छ । नगरपालिकाबाट प्रबाह हुँने सेवा सुबिधा थप प्रभाकारी बनाउन आठबीस नगरपालिका नगरकार्यपालिकाको कार्यालय राकम कर्णालीमा सोमबारबाट विद्युतीय (ई–हाजिर) सुरु गरिएको हो ।

आठबीस नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत दिलबहादुर शाहिले ई–हाजिर गर्दै री विद्युतीय हाजिरीको सुभारम्भ गरेका हुन । कर्मचारीलाई अनुशासन र समयको पालना गराउन विद्युतीय हाजिर गर्नु उपयुक्त माध्यम हुने प्रमुख प्रशासकीय अघिकृत दिलबहादुर शाहीले जानकारी दिए । उनले सुशासनको पाटोलाई पनि थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

नगरपालिकाको कार्यालयमा बिहान ठिक १० : ०० बजे कार्यालयमा उपस्थित भएर हाजिर गर्ने र घर अफिसबाट साझ ५ : ०० बजे अनिवार्य हाजिर गर्नु पर्ने प्रावधान रहेको छ। केही समय भित्रै नगरपालिका भरीका वडा कार्यालय, स्वास्थ्य संस्था ,बिद्यालय लगाएत सरकारी तथा गैरसरकारी संस्थामासमेत विद्युतीय हाजिर जडान गर्ने नगरपालिकाको योजना रहेको प्रमुख प्रशासकीय अघिकृत दिलबहादुर शाहीले जानकारी दिए । उनले नगरपालिकाले विद्युतीय हाजिरका आधारमा कर्मचारीहरुको तलब निकासा हुने बताए ।

 


Thali Mobile Pvt.Ltd.