भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक | गौतमबुद्ध विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : सांसद अग्रवाल | सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता दिन र दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघको आग्रह | कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि | सेवा प्रवाह सहज बनाउन प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने | अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा |

साहसिक खेलमा भक्तपुर उत्कृष्ट गन्तव्य बन्दै, असार ३२ कोरा साइलिङ च्यालेन्ज हुँदै (भिडियो सहित)

साहसिक खेलमा भक्तपुर उत्कृष्ट गन्तव्य बन्दै, असार ३२ कोरा साइलिङ च्यालेन्ज हुँदै (भिडियो सहित)

भक्तपुर । पछिल्लो समय भक्तपुर जिल्ला साइक्लिङको हब बन्दै गएको छ । यहाँका युवाहरुमा साइक्लिङमा मोह जागेपछि भक्तपुर जिल्ला हबको रुपमा परिचित हुन थालेको हो । असार ३२ गते शनिबार साइकल कनेक्ट भक्तपुरको आयोजनामा हुन गइरहेको कोरा साइक्ङि च्यालेन्जको निम्ति नयाँ तथा पुराना साइकल प्रेमी भक्तपुरवासीहरू निक्कै उत्साहित देखिन्छन्। ५० कि.मि., ७५ कि.मि वा १०० कि.मिको दुरी एकै दिनमा साइकल चलाउने चुनौती कोरा साइकलिङ च्यालेन्ज दोस्रो पटक भक्तपुरमा आयोजना हुदैछ।

भक्तपुर दरबार क्षेत्रबाट शुरू हुने उक्त यात्राले भक्तपुरमा रहेका विभिन्न थुम्काहरूबाट साइकल यात्रा गरी भक्तपुर जिल्लाको परिक्रमा गर्ने आयोजकले जनाएको छ। सांस्कृतिक तथा प्राकृतिक रूपमा धनी काठमाडौँ उपत्यकामा भक्तपुर जिल्ला मनोरञ्जनात्मक तथा साहसिक साइक्लिङको हिसाबमा सबै भन्दा प्राइम लोकेशनको रूपमा उभिन सक्छ। अहिले हरेक शनिबार र बिदाको दिन भक्तपुरको मात्र नभइ काठमाडौँ र पाटनबाट पनि धेरै साइकलिस्टहरू भक्तपुरको विभिन्न स्थानमा साइकलिङ गर्न आउँछन।

व्यवस्थित रूपमा भक्तपुरमा साइक्लिङको विकास तथा प्रवर्धन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा नै भक्तपुरलाई साइक्लिङ गन्तव्यको चिनारी स्थापित गर्न साइकल कनेक्ट भक्तपुर योजनाबद्ध किसिमले अगाडी बढेको साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुमित बालाले जानकारी दिए ।

पर्यटन क्षेत्रले नेपाललाई संसारमा चिनाउने मात्र नभइ देशको अर्थतन्त्रमा धेरै टेवा पुराएको छ। नेपाल भित्रिने विदेशी पर्यटकहरूलाई मात्र नभइ स्वदेशी पर्यटकहरूलाई पनि भक्तपुर आइसकेपछि छोटो समयमा धेरै भन्दा धेरै अनुभवहरू संगाल्ने तथा भक्तपुरमा लुकेका धेरै पर्यटकिय गन्तव्यलाई वातावरणीय रूपमा क्षति नगरी प्रवर्धन गर्न साइक्लिङलाई एक उचित तथा रोचक माध्यम बनाउन सकिने पर्यटन व्यवसायी तथा भिलेज हाइल्यान्ड रिसोर्टका सञ्चालक राम सुन्दर बकेको भनाई छ ।

सम्भावना चिन्ने र यसमा लगानी गर्नेबाट नै नौलो आयामको शुरूवात हुने विचार राख्दै अहिले भक्तपुरका युवाहरूको स्वास्थ्य तथा वातावरण मैत्री साइकलिङ प्रवर्द्धनमा देखाएको लगनशीलताले पक्कै पनि भक्तपुर र नेपालमा व्यवसायिक रूपमा नै साइक्लिङलाई स्थापित गर्न सकिने सम्भावना रहेको युवा उद्दमी नेपाल इको प्यानेलका कार्यकारी निर्देशक कृष्णभक्त दुवालले बताए ।

कोरा साइलिङ च्यालेन्जको तयारीको लागि नियमित साइकलिङ शुरू गरेका अर्का युवा व्यवसायी ताम्राकारले कर्पोरेट ग्रुपका सञ्चालक सदिन ताम्राकार पनि भक्तपुरमा बढिरहेको साइकल संस्कृतिले युवा जमातलाई शारिरिक, मानसिक तथा समाजिक रूपमा सक्रृय बनाएको जानकारी दिए ।

इनाचोस्थित जुजु बाइक्सका सञ्चालक रमेश कोजुले भक्तपुरमा माउन्टेक बाइकप्रति रूची राख्ने धेरै नै रहेको तर सामान्य सर्भिसिङ गर्न पनि काठमाडौँ जानुपर्ने बाध्यतालाई अन्त्य गर्न यही व्यवसाय शुरू गरेको बताउदै अहिले सर्भिसिङ गर्न र नयाँ साइकल किन्न धेरै मानिसहरु उने गरेकाले व्यवसाय बिस्तार गर्ने सोचाइमा रहेको जानकारी दिए ।

भिडियाे ….

 


Thali Mobile Pvt.Ltd.