भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

नक्कली शरणार्थी प्रकरणमा १४ जना फरार, १६ जनाको बयान लिन सुरु गरिने

नक्कली शरणार्थी प्रकरणमा १४ जना फरार, १६ जनाको बयान लिन सुरु गरिने

काठमाडौं । शुक्रबारदेखि नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दर्ता गरिएकाहरुको अदालतमा बयान लिन थालिने भएको छ । काठमाठौं जिल्ला अदालतमा शुक्रबार गत बुधबार मुद्दा दायर गरिएका १६ जनाको बयान लिन सुरु गरिन भएको हो । प्रहरीले पक्राउ परेकाहरुलाई हिरासतमा प्रारम्भिक बयान लिएर गत बुधबार अभियोजनपत्र दर्ता गरेको थियो ।

उनीहरुले न्यायाधीशसमक्ष बयान दिनेछन् । बयान सकिएपछि थुनछेकको बहस सुरु हुनेछ । थुनछेकको बहसपछि पक्राउ परेकाहरुलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ । प्रहरीले उक्त प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएको छ । प्रतिवादी बनाइएका १४ जना भने अहिले पनि फरार छन् ।

 


Thali Mobile Pvt.Ltd.