भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

नासु र खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नासु र खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । मालपोत कार्यालय इनरुवा सुनसरीमा कार्यरत नायवसुब्बा सुदीप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग एक लाख ५० हजार घुस रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिई गएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा नायव सुब्वा कटुवाल र खरिदार अधिकारीको आपसी मिलोमतो तथा योजनामा अंशवण्डा नामसारी गरी दिएबापत सेवाग्राहीसँग एक लाख पचास हजार रुपैयाँ घुस लिएको पुष्टी भएको हो ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसुरमा बिगो एक लाख पचास हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)

र दफा ३ को उपदफा १ घ बमोजिम कैद र बिगो बमोजिम जरिवानासमेत मागदावी लिई बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.