भक्तपुरमा ड्रिम्स ज्वेलरी एण्ड डाइमण्ड हाउस सञ्चालनमा, एक महिनासम्म छुटैछुटको अफर (भिडियो सहित)

भक्तपुरमा ड्रिम्स ज्वेलरी एण्ड डाइमण्ड हाउस सञ्चालनमा, एक महिनासम्म छुटैछुटको अफर (भिडियो सहित)

भक्तपुर । भक्तपुरको राधेराधेस्थित ड्रिम्स ज्वेलरी एण्ड डाइमण्ड हाउसको सञ्चालमा आएको छ । भक्तपुरबासीलाई गुणस्तरीय गरगहनाको सेवा उपलब्ध गराउँने उद्देश्यले ड्रिम्स ज्वेलरी एण्ड डाइमण्ड हाउस विहिबारबाट सञ्चालनमा आएको हो ।

ड्रिम्स ज्वेलरी एण्ड डाइमण्ड हाउस नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रीय उपाध्यक्ष जोस्ना श्रेष्ठ, बागमती नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्य किरण थापा र नेपाल सुन चाँदी, कला व्यवसायी संघका अध्यक्ष घनश्याम रिजालले संयुक्त रुपमा रिवन काटेर ड्रिम्स ज्वेलरी एण्ड डाइमण्ड हाउसको शुभारभ्भ गरेका हुन् । उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य थापाले भक्तपुरको राधेराधेमा सञ्चालनमा आएको ड्रिम्स ज्वेलरी एण्ड डाइमण्ड हाउसले गर्दा भक्तपुरबासीहरुले अब राम्रो गुणस्तरका गहनाहरु किन्न न्यू रोड नै धाउनु पर्ने परिस्थितिको अन्त्य भएको बताए ।

भिडियो हेर्नुहोस् …

नेपाली कला र संस्कृतिसंग जोडिएको व्यवसाय अलि कठिन भएपनि भक्तपुरका जनताले गुणस्तरीय सेवा पाउँनेमा विश्वस्त रहेको बताउँदै थापाले सञ्चालक डिल्ली ध्वज बराइलीलाई सेवा विस्तारको कामना गर्दै थप सफलताको शुभकामनासमेत दिए । त्यस्तै कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रीय उपाध्यक्ष जोस्ना श्रेष्ठले ज्वलरी तथा डाइमण्ड व्यवसाय भनेको कठिन व्यवसाय भएको बताउँदै व्यवसायीहरुले समयमा कच्चा पदार्थ नपाउँने र सुन, चाँदी व्यवसायी महासंघले सरकारसंग यसबारे समय–समयमा अवगत गराउँदै आएको बताइन् ।भक्तपुरमा ड्रिम्स ज्वेलरी एण्ड डाइमण्ड हाउस सञ्चालनमा, एक महिनासम्म छुटैटुटको अफर

कच्चा पदार्थ नपाउँदा नपाउँदै पनि नेपाली कला र संस्कृतिसंग जोडिएकाले यो व्यवसाय अगाडी बढाउँनुको विकल्प नरहेको बताइन् ।उनले भनिन“सरकारले यस्ता व्यवसायलाई अनउत्पादक क्षेत्र भनेता पनि हामीले यसलाई राज्यको सम्पतिका रुपमा बुझेका छौं । राज्यमा कुनै संकट आँउदा यसले सहयोग गर्छ भनेर हामीले सरकारलाई बुझाउँने प्रयास गरेको छौं र बुझाउँदै जानुपर्छ ।”उनले सम्पूर्ण सूनचाँदी ब्यवसायीहरुले गुस्तरीय सेवा दिनुपर्ने उल्लेख गर्दै भक्तपुरमा ड्रिम्स ज्वलरी तथा डाइमण्ड हाउसले व्यवसायिक सफलता हासिल गर्न सकोस् भनेर शुभकामनासमेत व्यक्त गरिन् ।भक्तपुरमा ड्रिम्स ज्वेलरी एण्ड डाइमण्ड हाउस सञ्चालनमा, एक महिनासम्म छुटैटुटको अफर

त्यसैगरी नेपाल सुन चाँदी कला व्यवासयी संघका अध्यक्ष धनश्याम रिजालले भक्तपुरमा पनि यस्ता पसलहरु सञ्चालनमा ल्याएकोमा खुसी ब्यक्त गर्दै सञ्चालक डिल्ली ध्वज बराइलीलाई भक्तपुरमा गुणस्तरीय सेवा दिने उद्देश्यले कला व्यवसाय सञ्चालनमा ल्याएकोमा शुभकामना व्यक्त गरे । त्यस्तै सुन, चाँदीलगायत हिराका गहनाहरु आफ्नै घर पाएकमा नै किन्न पाइने भएकाले भक्तपुरबासीलाई उनले बधाईसमेत दिए ।भक्तपुरमा ड्रिम्स ज्वेलरी एण्ड डाइमण्ड हाउस सञ्चालनमा, एक महिनासम्म छुटैटुटको अफर

कार्यक्रममा ड्रिम्स ज्वेलरी एण्ड डाइमण्ड हाउसका सञ्चालक डिल्ली ध्वज बराइलीले व्यवसाय शुभारम्भमा विभिन्न माध्यमबाट दिएको निम्तालाई स्वीकार गर्दै उपस्थित भएका सम्पूर्णमा स्वागत तथा धन्यवाद ज्ञापन गर्दै सूनचाँदी व्यवसायलाई राज्यले गरै नाफामुलक, निर्यात नहुने भनेर चित्रण गरिरहँदा पनि नेपाली परम्परा र संस्कृति जोडिएकाले गुणस्तरीय गरगहना भक्तपुरमा नै उपलब्ध गराउँने उद्देश्यले राधेराधेमा ड्रिम्स ज्वेलरी तथा डाइमण्ड हाउस सञ्चालनमा ल्याएको बताए ।भक्तपुरमा ड्रिम्स ज्वेलरी एण्ड डाइमण्ड हाउस सञ्चालनमा, एक महिनासम्म छुटैटुटको अफर

उनले सूनचाँदी अलच सम्पति भएकाले कुनै पनि व्यक्तिले यसमा लगानी गरेको छ भने आवश्यक परेका बेलामा आफ्नो खाँचो सहजै टार्न सक्ने जानकारी दिए । उनले भने “यो व्यवसायलाई राज्यले जे जस्तो बुझेपनि आफुहरु राज्यको बुझाइलाई चिर्दै अगाडी बढ्ने छौं”। ड्रिम्स ज्वलरी तथा डाइमण्ड हाउसमा युवती तथा महिलाहरुले पोते, एर रिङ्ग, ब्रास लेट, नेकलेस, टपलगायतका आभूषण उपलल्ध छन । व्यवसायको शुभारम्भसंगै एक महिनासम्म हरेक सामानको खरिदमा ज्याला छुट व्यवस्था ड्रिम्स ज्वेलरी तथा डाइमण्ड हाउसले गरेको छ ।
भक्तपुरमा ड्रिम्स ज्वेलरी एण्ड डाइमण्ड हाउस सञ्चालनमा, एक महिनासम्म छुटैटुटको अफर

 


Thali Mobile Pvt.Ltd.