भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

निजीमा भन्दा बढी लगानी सरकारी विद्यालयमा : सुरेश श्रेष्ठ

निजीमा भन्दा बढी लगानी सरकारी विद्यालयमा : सुरेश श्रेष्ठ

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सामुदायिक विद्यालयका विद्यार्थीमा निजी विद्यालयका विद्यार्थी भन्दा बढी खर्च हुने बताएका छन् । ठुली व्रम्हायणी आधारभूत विद्यालयका प्रधानाध्यापकलाई बिदाइ तथा नयाँ शिक्षकलाई स्वागत कार्यक्रममा बोल्दै उनले निजी विद्यालयमा भन्दा पनि सामुदायिक विद्यालयमा पठन पाठन गर्ने विद्यार्थीमा बढी लगानी हुने बताएका हुन ।

कम सेवा सुविधामा पढाउने निजी विद्यालय भन्दा सामुदायिक विद्यालयमा सरकारको भौतिक देखि शिक्षक शिक्षिकामा भएको लगानी र विद्यार्थी सङ्ख्या तुलना गर्ने हो भने धेरै पैसा लिने निजी विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा बच्चा पढाउन महँगो पर्ने बताए । सरकारी विद्यालयमा सरकारले लगानी गर्छ जुन हाम्रो खल्तीको नै पैसा हो कर आदिका नाममा यो घुमेर शिक्षामा लगानी भएको छ तर हामीले त्यही सरकारी विद्यालयलाई बेवास्ता गर्दा शिक्षा झन् महँगो भएको उहाँले बताए ।

भक्तपुरमा भएका केही सरकारी विद्यालयमा पावर लगाएर भर्ना गर्नु पर्ने अवस्था छ जसमा सामान्य म जस्ता सांसदको पनि पावरले काम गर्दैन यो अवस्थामा सबै विद्यालय पुञ्याउन हामीले मिहेनत गर्नु पर्ने उनले बताए । एसएलसी पास गरेका शिक्षकले पढाउने निजी विद्यालय भन्दा शिक्षा सेवा पास गरेर आएका सामुदायिक विद्यालयमा पढाउने शिक्षक सयौँ गुण योग्य भए पनि उनीहरूको बेमतलबका कारण सरकारी विद्यालयको गुणस्तर खस्केको उनको आरोप रहेको थियो ।

अभिभावक र शिक्षक दुवै जिम्मेवार नहुँदा सामुदायिक विद्यालय खस्केको उनले आरोप लगाए ।
निजी विद्यालयमा पढाए चिटिक्क पारेर बच्चा विद्यालय पठाउने समयमा गृहकार्य गर्‍यो गरेन चेक गर्ने शिक्षकले कस्तो पढाउँछन् भनी बुझ्ने तर सामुदायिकमा जाने विद्यार्थीलाई धुलो मैलो जे भए पनि अभिभावकले वास्ता नगर्ने बच्चाले गृहकार्य गर्‍यो गरेन कस्तो पढाउँछन् शिक्षकले नबुझ्ने गर्दा नै सामुदायिक विद्यालयको गुणस्तर खस्केको उनले बताउनुभयो ।

अभिभावक र शिक्षक जिम्मेवार हुने हो भने निजी विद्यालय बन्द हुने उनले बताए । जिम्मेवार पूर्वक विद्यालय र विद्यार्थीको भविष्य हाम्रो हातमा छ भन्ने भान शिक्षक शिक्षिकामा हुने हो भने विद्यालय सुधार हुन्छ यसमा होस्य र हैँसे समुदाय विद्यालय व्यवस्थापनले केही गरे मात्र पुग्ने उनको धारणा थियो ।

कार्यक्रममा चाँगुनारायणका नगर प्रमुख जीवन खत्री चाँगुनारायण नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष अध्यक्ष जनक खत्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर काफ्ले समितिका पदाधिकारीहरू विद्यालयका संस्थापक प्र।अ सहदेव साखकर्मी लगायतका महानुभावको उपस्थिति रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.