भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने

निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) आवद्ध विद्यालयले अबदेखि मासिक कुल आयको ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने भएको छ ।

आकस्मिक र भैपरि आउने अवस्थाको व्यवस्थापन गर्न छुट्टै जगेडा कोषको निर्माण गर्न र मासिक कुल आयको रकम जम्मा गर्नुपर्ने नेसनल प्याब्सनले आवद्ध विद्यालयहरुलाई निर्देशन दिएको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न केन्द्रीय समितिको बैठकले निर्णय गरेको हो । नेसनल प्याब्सनले पत्रकार सम्मेलन गर्दै कोरोनाका कारण उत्पन्न परिस्थितिमा विद्यालयको आवश्यकता अनुसार केन्द्रीय समितिले सहयोग गर्ने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.