भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

निर्माण आयोजनाका अक्सिजन सिलिण्डर अस्पताललाई दिन आह्वान

निर्माण आयोजनाका अक्सिजन सिलिण्डर अस्पताललाई दिन आह्वान

काठमाडौ । नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण आयोजनामा उपयोग भएका अक्सिजन सिलिण्डर नजिकका अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ । महासङ्घका महासचिव रोशन दाहालले आज विज्ञप्ति जारी गरी यस विषम परिस्थितिमा पुल, हाईड्रो, ट्रष्ट, स्टील लगायतका निर्माण कार्य गर्दा वेल्डिङका लागि प्रयोग गर्न मौज्दात राखिएका अक्सिजन सिलिण्डरको लगत राखी सम्बन्धित् स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकार मार्फत् नजिकका अस्पताललाई तत्काल उपलब्ध गराउन आह्वान गर्नुभएको हो ।

यसमा सहयोग गर्न हुन अन्तर्गतका सम्पूर्ण सदस्य, प्रदेश महासङ्घ, जिल्ला सङ्घ, एसोसिएट सदस्य तथा वस्तुगत संङ्घलाई महासङ्घले विज्ञप्तिमार्फत् अपिल गरेको छ । देशभर हाल सञ्चालित साढे छ हजार परियोजनामध्ये लगभग दुई हजारमा अक्सिजन सिलिण्डरको प्रयोग भएको छ । ती सिलिण्डर कोभिड सङ्क्रमितको उपचारमा प्रयोग गर्न सकिए मानवीय क्षति केही कम गर्न सकिने हुँदा सोही बमोजिम गर्न गराउन हुन महासङ्घले अनुरोध गरेको हो । गत वर्ष कोरोना भाइरसको पहिलो लहरबाट मुलुक आक्रान्त हुँदा महासङ्घले सङ्घीय सरकार तथा प्रदेश सरकारलाई आर्थिक सहयोग गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विगतमा पनि महाभूकम्प, बाढी, पहिरो लगायतका प्राकृतिक विपत्तिको समयमा आफ्नो ठाउँबाट गर्न सक्ने अधिकतम सहयोग गरी पीडितको घाऊमा मल्हम लगाउने कार्य गरेको स्मरण पनि महासङ्घले गराएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को दोस्रोे लहरबाट देशभर सङ्क्रमित भएका बिरामीको उपचारको क्रममा हाल देखिएको अक्सिजनको चरम अभावका कारण धेरैको ज्यान समेत गइरहेको छ । यस खबरबाट महासङ्घ मर्माहत भई यस्तो निर्णय गरिएको महासचिव दाहालले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.