भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस

उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस

काठमाडौ । काठमाडौँ उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न जिल्लास्थित कोभिड ¬१९ सङ्कट व्यवस्थापन केन्द्रले सिफारिस गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उक्त सिफारिसका विषयमा मङ्गलबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखको सहभागितामा हुने बैठकले आवश्यक निर्णय लिनेछ ।

पछिल्लो समयमा मुलुकभर कोभिड¬ १९ सङ्क्रमण बढ्दै जाँदा उपत्यका थप प्रभावित हुँदै गएकाले निषेधाज्ञा लम्ब्याउनुपर्ने आवश्यकता देखिएको प्रजिअ पराजुलीले बताउनुभयो । यसअघि वैशाख १६ गतेदेखि लागू हुने गरी उपत्यकामा एक साता निषेधाज्ञा जारी गरिएको थियो ।

त्यसपछि थप कडाइ गर्दै पुन अर्को एक साता आदेश थप भएको थियो । यही २९ गते रातिबाट उक्त आदेशको समय सकिन लागेकाले पुनः थप गर्ने तयारी गरिएको हो । पछिल्लो समयमा उपत्यकामा दैनिक झण्डै चार हजारको हाराहारीमा सङ्क्रमित भेटिँदै आएका छन् ।

यसैबीच काठमाडौँ प्रशासनले आज एक सूचना जारी गरी सरकारले तोकेको भन्दा बढी शुल्क नलिन स्वास्थ्य संस्थालाई आग्रह गरेको छ । अनुगमनका क्रममा विभिन्न समस्याहरु देखिएको जनाउँदै प्रशासनले त्यसलाई गम्भिरतापूर्वक लिई व्यवस्थित गर्न अनुरोध गरेको छ ।

अस्पतालमा अक्सिजनको व्यवस्थापन सही तरिकाले गर्न, स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न, गराउन र कोभिड १९ का बिरामीलाई अत्यावश्यक औषधिहरु सही व्यवस्थापन गरी उच्चतम उपयोग गर्न पनि प्रशासनले अस्पताललाई ध्यानाकर्षण गराएको छ ।

 


Thali Mobile Pvt.Ltd.