भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक साउन १७ गते बस्ने

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक साउन १७ गते बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक साउन १७ बस्ने को तयारी गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकको एजेण्डाका बारेमा छलफल गरेको थियो ।

नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय समिति बैठकको सम्भावित एजेण्डाका बारेमा छलफल भएको थियो ।

निरन्तर पदाधिकारी बैठक बसेर केन्द्रीय समितिको प्रारम्भीक एजण्डा तय गर्ने प्रवक्ता कृष्ण बहादुर महराले बताए ।

केन्द्रीय समिति बैठकमा पार्टीको दुई महिने अभियानको समीक्षा प्रतिवेदन तथा स्थानीय, प्रदेश र केन्द्रीय चुनावको समीक्षा लगाएतमा छलफल हुने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.