भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

नेपालकै अग्लो प्रसिद्ध मन्दिर जीर्णोद्धार कार्यकाे अवलोकनमा आएका अध्यक्ष रोहितलाई जनताले गरे भव्य स्वागत

नेपालकै अग्लो प्रसिद्ध मन्दिर जीर्णोद्धार कार्यकाे अवलोकनमा आएका अध्यक्ष रोहितलाई जनताले गरे भव्य स्वागत

१७ असार २०७७ भक्तपुर । भुकम्पले क्षेती पु¥याएको नेपालकै अग्लो र विश्व प्रसिद्ध ङातापोल मन्दिरको जीर्णोद्धार भैरहेकै बेला नेमकिपाका अध्यक्ष रोहितले अवलोकन गरेका छन् । पुर्खाले सिर्जेको सम्पती हाम्रो कला र सस्कृति भन्दै जीर्णोद्धार गरिरहेका नगरवासीले अध्यक्ष रोहितलाई अवलोकनमा आएको देखेर भव्य स्वागत गरेका छन् ।

प्रसिद्ध ङातापोल मन्दिर जीर्णोद्धारमा नगरवासीको स्वतःस्फूर्त जनश्रमदानको बुधबार स्थलगत अवलोकन गर्न पुगेका अध्यक्ष बिजुक्छेँलाई देख्दा श्रममा जुटेका झण्डै ६०–७० वर्षिय महिला पुरुष हर्षित भएका थिए ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा नगरपालिकाका सबै जनप्रतिनिधि, स्थानीय विभिन्न समूह र नगरबासीहरू स्वतः जनश्रमदानमा जुटेका थिए । नगरप्रमुखलगायत जनप्रितिनिधिले काम गरेकाे देख्दा स्थानीयले जनप्रितिनिधि हाेस त यस्ता हाेस भन्दै स्यावासी दिएका थिए ।

कोरोना भाइरसको महामारीमा भौतिक दुरी कायम गरी जनसहभागितामार्फत भइरहेको जीर्णोद्धार कार्य देख्दा अध्यक्ष रोहित खुसी देखिन्थ्ये । अवलोकन कै क्रममा नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले स्वतःस्फुर्त मन्दिर जीर्णोद्धार कार्यमा नगरवासीको सहयोगको प्रसंसा गरे ।

भक्तपुर नगरपालिकाभित्र रहेका सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका सम्पदाहरुको पुनःनिर्माण तथा जीर्णोद्धार कार्यमा भक्तपुर नगरवासीको जनश्रमदान अचाक्ली छ । ङातापोल मन्दिर जीर्णोद्धार कार्यमा जनश्रमदान गर्न भक्तपुरका जनता उत्साहित भएका छन् ।

नगरपालिकाको बजेट, स्थानीय जनश्रमदान, विभिन्न संघ–संस्था र व्यक्तिबाट प्राप्त आर्थिक सहयोगबाट, उपभोक्ता समितिमार्फत मन्दिर जीर्णोद्धार भइरहेको छ भने ङातापोल मन्दिर जीर्णोद्धार अन्तिम चरणमा पुगेकाले जनश्रमदानमा स्थानीयको उल्यख्य सहभागिता रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.