भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नेपालको अर्थतन्त्र सुधारका संकेत देखिदै छन् : अध्यक्ष भेषराज लोहनी (भिडियाे सहित)

नेपालको अर्थतन्त्र सुधारका संकेत देखिदै छन् : अध्यक्ष भेषराज लोहनी (भिडियाे सहित)

भक्तपुर । नेपाल जग्गा तथा आवाश विकास महासंघका अध्यक्ष भेषराज लोहनीले नेपालको अर्थतन्त्र चयायमान नहुनुको प्रमुख कारण घरजग्गा कारोबार हुन नसक्नु भएको बताएका छन् । शुक्रबार भक्तपुरको रानीकोटमा अवस्थित भिलेज हाइल्याड रिसोर्टमा महासंघले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष लोहनीले उक्त कुरा बताएका हुन ।

नेपालमा घरजग्गा कारोबार नहुदा आर्थिक कारोबा रोकिएकाले अर्थतन्त्र चलाएमान हुन नसकेको बताउदै देशको अर्थतन्त्र अप्ठेरो गतीमा भएपनि टाटै पल्टिने अवस्थामा भने नरहेको तर्क गरे । उनले नेपालमो अर्थतन्त्र सुधारका संकेतहरु विस्तारै देखापर्दै गएको जानकारी दिए ।

सरकारले हालै ल्याएको मौद्रीक नीतिलाई महासंघले मिश्रीत आलोचनाका दृष्टिकोणले हेरेको जानकारी दिदै अध्यक्ष लोहनीले नीतिले दुई करोडसम्मको घर किन्न पाउने व्यवस्था र रिस्कवइटेट ५० प्रतिशत गर्नु स्वागत योग्य कुरा भएको बताए ।

२०७४ साल साउन २६ गते हठातरुपमा रोकिएको कित्ताकाट गलत सावित भएको जानकारी दिदै अहिलेको अवस्था आउनुमा सरकारले गरेको हठात निर्णय पनि प्रमुख कारण रहेको बताए । सात सय ५३ पालिकामा वर्गीकरण गर्न पूर्व तयारी नपुग्दा जनताले समस्या भोगेको,राज्यले समयमा विकास खर्च गर्न नसक्नु र काममा ढिलासुस्ती हुनु अर्थतनत्रलाई अप्ठेरो पार्ने तत्व भएको अध्यक्ष लोहनीको भनाई छ ।

भिडियाे

 


Thali Mobile Pvt.Ltd.