भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

म सुन तस्कर भएको भए त भाग्थे होला नि होइन ? मुख्य अपराधि भगाउँन मेरो नाम प्रयोग गरियो : व्यवसायी मलहोत्रा(भिडियाे सहित)

म सुन तस्कर भएको भए त भाग्थे होला नि होइन ? मुख्य अपराधि भगाउँन मेरो नाम प्रयोग गरियो : व्यवसायी  मलहोत्रा(भिडियाे सहित)

व्यवसायी दीपक मलहोत्राले सुनकाण्डका मुख्य अपराधि भगाउँन आफ्नो नाम प्रयोग गरिएको बताएका छन् । शनिबार कैलाश खबर डटकमसंग कुरा गर्दै व्यवसायी दीपक मलहोत्राले नेपालकै चर्चित सुन काण्डमा मुख्य अभियुक्त उम्काउन आफ्नो नाम प्रयोग गरिएको बताएका हुन ।

उनले आफूलाई सबैले चिन्ने भएकाले आफ्नो नाम सुन काण्डमा जोडिएको हुनसक्ने तर्क गर्दै सही अपराधीलाई भगाउँन आफ्नो नाम लेखिएको हुनक्ने वा मुख्य अभियुक्तले नै आफ्नो नाम लिएको हुन सक्ने आशंका व्यक्त गरे ।

आफूलाई बार्गेनिङका लागि भन्दा पनि आफ्नो नाम डाइभर सिटीका लागि जोडिएको बताउँदै व्यवसायी दीपक मलहोत्रा भने “विभिन्न सञ्चार माध्ययमा पुशपतिनाथको कसम खाए, छातिमा हात राखेर नि कसम खाए । बारम्बार भनिरहेको छु कि सुन तस्करी गर्ने मेरो पेशा नै होइन । फेरी पनि म छातिमा हात राखेरै भन्छु यसमा मेरो कुनै सम्बन्ध छैन । यो सरासर झुटो समाचार हो ।”

व्यवसायी मलहोत्राले थपे “सत्य कुरा लुकाएर लुक्दैन, एक दिन बाहिर आइहालछ,केही दिनमा सत्य तथ्य तपाइहरुकै अगाडि आउँछ । त्यति वेला सवलाई थाहा हुन्छ,यसको असली गुनेगार को हो । आउछ आउछ किन भने अहिले राजश्व अनुसन्धान विभागले गैरिएर अनुसन्धान गरिरहेको छ”।

व्यवसायी दीपक मलहोत्राले आफू तस्कर भएको भए पत्रकार सम्मेलन किन गर्थे र ? यदि आफूले यस्ता गलत हर्कत गरेको भए सर्वसाधारणको अगाडि कसरी देखापर्छु होला ? यस्तो काम म गर्दिन । मलाई लगायको आरोप निराधार छ । उनले भने ।

भिडियाे

 


Thali Mobile Pvt.Ltd.