भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

नेपालगञ्जमा थप दुइ जनामा कोरोना भेटिएसंगै संक्रमितको संख्या ५९ पुग्यो (भिडियो)

नेपालगञ्जमा थप दुइ जनामा कोरोना भेटिएसंगै संक्रमितको संख्या ५९ पुग्यो (भिडियो)

१९ बैशाख २०७७ काठमाडौं । नेपालगंजमा कोरोना भाइरसका थप दुई संक्रमित भेटिएसंगै संक्रमितको संख्या ५९ पुगेको छ ।

भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको हो । दुईमध्ये एकजना विदेशबाट आएको जानकारी प्राप्त भएको छ। अर्का बिरामी रुपन्देहीका बासिन्दा हुन् ।

रुपन्देहीको भएपनि उनलाई नेपालगञ्‍जकै आइसोलेसनमा राखेर उपचार भइरहेको थियो। यसबारे मन्त्रालयले केही समयमा आधिकारिक जानकारी दिने जनाएको छ । संक्रमित ५९ जना मध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

https://www.facebook.com/Kailashkhabarnews/videos/244075036681645/

बाँकी ४३ संक्रमित भने विभिन्‍न अस्पतालमा उपचार गराईरहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सके बताएका छन् । मन्त्रालयको पछिल्लो तथ्याङक अनुसार परीक्षण संख्या ५८ हजार ८ सय ७१ पुगेको छ ।

१२ हजार ११ जनाको पिसिआर र ४६ हजार ८ सय ६० जनाको आरडिटीबाट परीक्षण गरिएको हो। प्रदेश १ मा ४ हजार ९ सय ८५, प्रदेश २ मा ५ हजार ४ सय ५६, बागमतीमा ८ हजार ३ सय ६१, गण्डकीमा ५ हजार ४ सय ११, प्रदेश ५ मा ३ हजार ७ सय ९९ जना छन् ।

कर्णालीमा ५ हजार ४ सय ३६ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ४ सय ११ जनाको आरडिटीबाट परीक्षण भएको हो। काठमाडौं उपत्यकामा ३ र बाहिर ७७ गरी कूल ८० जना शंकास्पद बिरामी आइसोलेसनमा छन्। पाटन अस्पतालमा मात्र ३ जना शंकास्पद आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। मुलुकभर २३ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा बसेका छन्।