भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

वडाअध्यक्षमाथि चार राउण्ड गोली प्रहार

वडाअध्यक्षमाथि चार राउण्ड गोली प्रहार

१९ बैशाख २०७७ कपिलवस्तु । कपिलवस्तुमा आफ्नै घरमा सुतिरहेका वडाध्यक्षमाथि गोली प्रहार भएको छ ।

यशोधरा गाँउपालिका– ८ का वडा अध्यक्ष सहाबुद्दिन मुसलमान माथि बिहीबार राति १ बजे गोली प्रहार भएको प्रहरीले जनाएको छ । खोरिया गाँउका वडा अध्यक्ष मुसलमान माथि चार राउण्ड गोली प्रहार भएको हो ।

दुई जना अज्ञात व्यक्तिले उनी माथि गोली हाने पनि उनलाई नलागेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.