भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

सेनाले गर्यो शव व्यवस्थापन पूर्वाभ्यास

सेनाले गर्यो शव व्यवस्थापन पूर्वाभ्यास

१९ बैशाख २०७७ सिरहा । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा बढ्दै गएपछि सेनाले सङ्क्रमितको शव व्यवस्थापनसम्बन्धी पूर्वाभ्यास गरेको छ ।

कोरोना सङ्क्रमित मृतकको भयावह स्थिति सिर्जना भएमा मृत शरीरको व्यवस्थापन कसरी गर्ने ? यतापट्टी ध्यान दिदै नेपाली सेनाले शव व्यवस्थापन पूर्वाभ्यास गरेको हो ।

सेनाको मध्य पूर्वी पृतना हेडक्वार्टर अन्तर्गत सिरहाको चोहर्वामा रहेको शेर गण ब्यारेक हाताभित्र कोरोना भाइरस सङ्क्रमित मृत शरीर व्यवस्थापनको पूर्वाभ्यास गरेको सेनाले जनाएको छ ।

कोरोना सङ्क्रमित मृत शरीरको व्यवस्थापन गर्ने तरिका र एम्बुलेन्स तथा सवारी साधनलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा केन्द्रित रहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागाँईले बताए ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन सिरहामा उल्लङ्घनका घटना बढ्न थालेपछि त्यहाँ नेपाली सेना परिचालन गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.