भर्खरै : Sorry, your browser does not support inline SVG.
रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु |

नेपाली बैंकमा रहेको ५ करोड भारु खोस्टामा परिणत

नेपाली बैंकमा रहेको ५ करोड भारु खोस्टामा परिणत

काठमाडौं । सन् २०१६ मा भारत सरकारले गरेको नोटबन्दीको निर्णय सही भएको सर्वोच्च अदालतले फैसला गरेको छ । अदालतको फैसलासँगै नोटबन्दीको मुद्दा टुंगिएको छ ।

नोटबन्दीको निर्णय सही भएको फैसाला आउँदा नेपाली बैंकिङ प्रणालीमा प्रतिबन्धित ५०० र एक हजार दरका ५ करोड ६ लाख भारतीय रुपैयाँ खोस्टामा परिणत हुने भएको छ ।

नेपाली बैंकमा रहेको उक्त भारतीय रुपैयाँ कागजको खोस्टो बन्ने राष्ट्र बैंकका अधिकारी बताउँछन् । नेपाल राष्ट्र बैंकले आफूसँग रहेका भारतीय नोट साट्न भारतको केन्द्रीय बैंकलाई पटक पटक पत्राचार गरेको तर, भारतले कुनै पनि सुनुवाइ नगरेको स्रोत बताउँछ ।

प्रतिबन्धित भारु साट्ने विषयमा भारतीय केन्द्रीय बैंकका अधिकारीहरुसँग छलफल गरिए पनि सार्थकता हुन नसक्ने अधिकारीको भनाइ छ । कालोधन नियन्त्रणका लागि भन्दै सन् २०१६ मा ५०० र एक हजार दरका नोटमा भारत सरकारले प्रतिबन्ध लगाएको थियो ।

सरकारको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । उक्त रिटको पक्षमा भारतको सर्वोच्च अदालतले फैसला सुनाएको भए नेपालका बैंकमा रहेका उक्त प्रतिबन्धित नोटले वैधता पाउने थियो । सर्वोच्चको फैसलाले उक्त सम्भावना सकिएको छ ।

 


Thali Mobile Pvt.Ltd.