भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपाल आज जोर्डनसँग भिड्दै

नेपाल आज जोर्डनसँग भिड्दै

काठमाडौं । नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल आज घरेलु टोली जोर्डनसँग खेल्दैछ । एएफसी यू–१७ महिला एसियन कप छनोटअन्तर्गत पहिलो चरणमा समूह ‘एच’मा रहेको नेपाल र जोर्डनबीचको खेल जोर्डनको प्रिन्स मोहमद स्टेडियममा हुदैछ ।

खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपाल अन्तिम समयमा गोल खाँदा इरानसँग १–० ले पराजित भएको थियो । नेपालले समूह विजेता बन्दै अर्को चरणमा प्रवेश गर्न जोर्डनलाई हराउनैपर्नेछ ।

इरान र जोर्डनबीच हुने अन्तिम खेलमा पनि नेपालको अनुकूल नतिजा आउनुपर्नेछ । बराबरी वा हारले नेपाल समूह चरणबाटै बाहिरिनेछ । समूह चरणको खेलपछि धेरै अंक जोड्ने टोली समूह विजेता बन्दै छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।

 


Thali Mobile Pvt.Ltd.