भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

नेपाल–चीन व्यापारिक तातोपानी नाका दुईतर्फी सञ्चालन हुदै

नेपाल–चीन व्यापारिक तातोपानी नाका दुईतर्फी सञ्चालन हुदै

काठमाडौं । नेपाल–चीन व्यापारिक कारोबार हुने उत्तरको मुख्य तातोपानी नाका सोमबारबाट दुईतर्फी सञ्चालन हुने भएको छ । आठ वर्षदेखि बन्द रहेको मानवीय आवागमन भने रोकिएको छ ।
‘द्विदेशीय सहमतिअनुसार नाका सोमबारदेखि दुईतर्फी सञ्चालनमा आउन लागेको हो ।

नाका दुईतर्फी सञ्चालनमा आएसँगै चीनबाट आयात मात्र हुँदै आएकोमा अबदेखि निर्यात व्यापार पनि सुरु हुने तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख अधिकृत दयानन्द केसीले बताए । २०७२ वैशाख १२ गते गएको भूकम्पपछि बन्दप्रायः रहँदै आएको नाका पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।

केसीले भने, ‘नाकाबाट आयात मात्रै हुँदै आएको थियो । अब निर्यात व्यापार पनि सुरु हुन लागेको हो । मानवीय आवागमन अझै खुला हुने छैन।’ ल्हासामा नेपाल–चीनका वाणिज्य अधिकारीबीच भएको सहमतिअनुसार तातोपानीबाट दुईतर्फी व्यापार सञ्चालनमा आउन लागेको हो ।

सहमतिअनुसार उत्तरको अर्को महत्वपूर्ण नाका रसुवागढी दुईतर्फी सञ्चालनमा आइसकेको छ । चार वर्षबन्द रहेको तातोपानी नाका २०७६ जेठ १५ देखि आंशिक सञ्चालनमा ल्याइएको थियो । आयात व्यापार थालिए पनि मानवीय आवागमनमा भने रोक लगाइएको थियो ।

अहिले पनि नाकाबाट मानवीय आवागमन नखुल्ने चिनियाँ अधिकारीले बताएका छन् । तत्काल बैठक बसेर मानवीय आवागमन पनि खुलाउने विषयमा छलफल भइरहेको केसीको भनाइ छ । दुईतर्फी नाका सञ्चालनमा आए पनि नेपाली मजदुर तिब्बत प्रवेश गर्न भने नपाउने केसीले बताए ।

चिनियाँ कन्टेनरले नै चीनबाट व्यापारिक सामाग्री नेपालको सीमासम्म ल्याउने छन् । नेपालको सीमा मितेरी पुलसम्म आउने सामग्री यतैको कन्टेनरले बन्दरगाह भन्सारसम्म पुर्याउने छन् ।

 


Thali Mobile Pvt.Ltd.