भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपाल टेलिकमलको १० जीबी डेटा प्याक योजना शुरु

नेपाल टेलिकमलको १० जीबी डेटा प्याक योजना शुरु

काठमाडौं। कोरोना भाइरसको महामारीको समयमा घरभित्रै बसेर समय पास गर्न नेपाल टेलिकमले स्टे कनेक्टेड प्याक मार्फत सस्तोमा डाटा उपलब्ध गराउन सुरु गरेको छ । नेपाल टेलिकमले २ सय रुपैयाँमा १० जीबी डाटा प्याक उपलब्ध गराउन शुरु गरेको हो ।

दुई जीबी नियमित प्याकेजमा कम्पनीले आठ जीबी डेटा फोरजी नेटवर्कका लागि बोनस स्वरुप उपलब्ध गराएको जनाएको छ । सेवाग्राहीले २ सय रुपैयाँमै १० जीबी डेटा प्राप्त गर्न सक्नेछन् । सात दिनसम्म प्रयोग गर्न सकिने यो प्याकेजको डेटा मध्ये आठ जीबी फोरजी नेटवर्कमा बोनसको रुपमा उपयोग गर्न सकिने र बाँकी दुई जीबी जुनसुकै नेटवर्कमा प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ ।

सय रुपैयाँमै चार जीबी डेटाको अर्को प्याकेज समेत ल्याएको कम्पनीले जनाएको छ । जसमध्ये एक जीबी जुनसुकै नेटवर्कमा प्रयोग गर्न मिल्नेछ । यसरी प्राप्त चार जीबी डेटा पाँच दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले जाएको छ । बोनस स्वरुप प्राप्त हुने तीन जीबी डेटा फोरजी नेटवर्कमा मात्र प्रयोग गर्न मिल्ने कम्पनीको दाबी छ ।

 


Thali Mobile Pvt.Ltd.