भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

संविधान दिवसको दिन आ–आफ्ना घर–घरमा राष्ट्रिय झण्डा सम्मानका साथ राख्न अनुरोध

संविधान दिवसको दिन आ–आफ्ना घर–घरमा राष्ट्रिय झण्डा सम्मानका साथ राख्न अनुरोध

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले संविधान दिवसका अवसरमा जनचेतनामूलक कार्यक्रम प्रकाशनरप्रसारण गर्न आम सञ्चार माध्यमलाई अनुरोध गरेको छ । आगामी असोज ३ गते संविधान दिवस मनाउने सन्दर्भमा गठित प्रचारप्रसार उपसमितिको बैठकले नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्रका साथै सामुदायिक एंव निजी क्षेत्रका अन्य सञ्चार माध्यमलाई समेत संविधानका विषयमा केन्द्रित रही विशेष परिसंवाद, संवाद लगायत जनचेतनामूलक कार्यक्रम प्रकाशनरप्रसारण गर्न अनुरोध गरेको हो ।

राष्ट्रिय समाचार समितिलाई राष्ट्रिय दिवस सम्बन्धी विशेषाङ्करस्मारिका, लेख वा कार्यक्रम उत्पादनरनिर्माण गरी सबै सञ्चार माध्यमलाई उपलब्ध गराउन भनिएको छ ।मितिले गोरखापत्र, द राइजिङ नेपाल लगायत राष्ट्रियस्तरका पत्रपत्रिकामा संविधान विशेषाङ्करस्मारिका र संविधानको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न  खरचनाको संगालो प्रकाशन गर्नाका साथै अन्य निजी क्षेत्रका सञ्चारगृहलाई प्रकाशन गर्न पनि आग्रह गरेको छ ।

बैठकपछि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल टेलिभिजन, रेडियो नेपालले नेपालको संविधानको महत्वको बारेमा कार्यक्रम प्रसारण गर्ने तथा सामुदायिक एवं निजी क्षेत्रका अन्य सञ्चार माध्यमलाई पनि कार्यक्रम प्रसारणका लागि अनुरोध गर्ने ।’ त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकबाट “संविधान दिवस (राष्ट्रिय दिवस) हर्षोल्लासका साथ मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराऔँ” जस्ता नारा मास एसएमएस पठाउने निर्णय पनि गरिएको छ ।

दिवसको शुभकामना सन्देश शहरका विभिन्न स्थानमा रहेको डिस्प्ले बोर्डमा प्रसारण गर्न काठमाडौँ महानगरपालिकासँगको समन्वयमा दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम र राष्ट्रिय सूचना प्रविधि केन्द्रले आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी तोकिएको छ । बैठकले दिवसको दिन आआफ्ना घरघरमा राष्ट्रिय झण्डा सम्मानका साथ राख्न भनी प्रसारप्रचार गर्न, जागरण गीत प्रसारण गर्न, वृत्तचित्र प्रसारण गर्न र मूल कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्न पनि आम सञ्चार माध्यमलाई अनुरोध गरेको छ ।रासस

 


Thali Mobile Pvt.Ltd.