भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

नेपाल भित्रने चिनियाँ पर्यटकको संख्यामा वृद्धि

नेपाल भित्रने चिनियाँ पर्यटकको संख्यामा वृद्धि

काठमाडौं । कोभिड–१९ पछि आवागमन बन्द भएको रसुवागढी नाका गत चैत १८ गतेदेखि पुनः सञ्चालनमा आएपछि व्यापारीक तथा पर्यटकीय गतिविधि बढेको छ । रसुवाको रसुवागढी नाकामा चहलपहल बढ्दै गएपछि त्यस क्षेत्रको रौनक बढेको हो ।

रसुवाका बासिन्दा केरूङतर्फ जाने र चिनियाँ नागरिक पनि टिमुरे तथा स्याफ्रुबेँसी घुम्न आउने गरेकाले सीमा क्षेत्रका नागरिक बीचको सम्बन्ध प्रगाढ बन्दै गएको स्थानीयले बताएका छन् । २०७२ सालको भूकम्पले रसुवागढीको अध्यागन कार्यालय भत्किएपछि त्यसभन्दा अगाडिका अभिलेखहरु नष्ट भएका छन् ।

यो नाका हुँदै नेपाल भित्रने चिनियाँ पर्यटकको संख्यामा पनि वृद्धि भएको छ । नाकामा दैनिक २५ देखि ३० पर्यटकको आवागमन हुने गरेको छ । चैत १८ देखि असार मसान्तसम्ममा रसुवागढी मितेरीपुलबाट ४६ देशका १० हजार ६ सय ७७ नागरिकले ओहोरदोहोर गरेकोमा २ हजार ८ सय ३७ चिनियाँ पर्यटक रहेको अध्यागमन कार्यालय टिमुरेले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.