भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

नेपाल र फ्रान्सबीच आर्थिक सम्बन्ध विस्तार गर्न छलफल

नेपाल र फ्रान्सबीच आर्थिक सम्बन्ध विस्तार गर्न छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सका राजदूत फंस्वा–जाभिए लेजेबीच आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, आर्थिक सहकार्यका विषयमा छलफल भएको छ । महासङ्घको कार्यालयमा भएको भेटमा नेपाल फ्रान्स विजनेश फोरमको बैठक आयोजना गर्ने र उक्त बैठकमा महासङ्घका तर्फबाट कोभिडपश्चात् नेपालको आर्थिक अवस्था र नेपालमा लगानी सम्भाव्यता विषयमा विस्तृत प्रस्तुति गर्ने सहमति भएको महासङ्घले जनाएको छ ।

अध्यक्ष गोल्छाले नेपाल–फ्रान्सबीच आपसी सहकार्यका क्षेत्रको सम्भाव्यता अध्ययन गरी त्यस्ता क्षेत्रमा लगानी एवं सहकार्यका लागि आग्रह गर्नुभयो । अध्यक्ष गोल्छाले कोभिडपछि नेपालको अर्थतन्त्रले निकै छिट्टै लय समाउन थालेको जानकारी गराउनुभयो । उहाँले दुवै देशका निजी क्षेत्रबीच सम्पर्क विस्तारमार्फत नेपालमा फ्रान्सेली लगानी अभिवृद्धि, व्यापार विस्तारलगायतमा जोड दिनुभयो । यसका लागि कूटनीतिक सहयोग महत्वपूर्ण हुने धारणा उहाँको थियो ।राजदूत लेजेले फ्रान्स र नेपालबीचको आर्थिक एवं व्यावसायिक सम्बन्ध विस्तारलाई थप मजबुत बनाउन आफूले निरन्तर पहल गरिरहेको बताउनुभयो ।

गएको वर्ष नेपालबाट भएको फ्रान्सको उच्चस्तरीय भ्रमणमा महासङ्घको पनि सहभागिता रहेको र सो क्रममा महासङ्घ र मेडेफ इन्टरनेशनलबीच सहमतिपत्रमा हस्ताक्षर भएको पनि उहाँले स्मरण गर्नुभयो । नेपालको आर्थिक विकासमा फ्रान्सको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउँदै नेपाल फ्रान्स विजनेश फोरम बैठकलाई परिणाममुखी बनाउने दृढतासमेत राजदूत लेजेले व्यक्त गर्नुभएको महासङ्घले जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.