भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

जर्गाह खोलामा पुल निर्माण भएपछि सुखौरावासीको दैनिकी सहज

जर्गाह खोलामा पुल निर्माण भएपछि सुखौरावासीको दैनिकी सहज

परासी । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–११ र बर्दघाट नगरपालिका–२ सुखौरा जोड्ने जर्गाह खोलामा पुल निर्माण भएपछि सुखौरावासीको दैनिकी सहज बन्दै गएको छ । लुम्बिनी प्रदेश सरकारले पुल निर्माण गरेपछि वर्षौँदेखि पुलको अभावमा सास्ती भोग्दै आएका स्थानीयवासीको दैनिकी अहिले फेरिएको छ । पुल नहुँदा बर्दघाटको पहाडी क्षेत्रमा पर्ने सुखौरा गाउँ दुर्गम थियो । सुखौरावासी किनमेल गर्न, रोजगारी, अध्ययनका लागि जर्गाह खोला तरेर सुनवलको भूमहीलगायत बजारमा जाने गर्छन् तर वर्षातको समयमा खोलामा उर्लेर आउने बाढीका कारण सुखौरावासीको गाउँबाट बाहिर आवातजावात बन्द हुन पुग्थ्यो भने ५० जना भन्दा बढी विद्यार्थीहरु विद्यालय जान वञ्चित हुँदै आएका थिए ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीको पहलमा प्रदेश सरकारले अहिले यहाँ रु दुई करोड ५२ लाखको लागतमा कजवे पुल निर्माण गरेपछि गाउँमा खुशीयाली छाएको सुखौराका स्थानीयवासी देवान गुरुङ बताउनुहुन्छ । “यहाँ पुल नहुँदा हाम्रो सुखौराका बालबालिका वर्षातको समयमा विद्यालय आवतजावत गर्न नसक्ने, एम्बुलेन्स जान नसक्दा विरामीले अकालमा ज्यान गुमाउनुपर्ने, बजार आवतजावतमा कठिनाइ हुने जस्ता समस्या थिए, अहिले धेरै सहज भएको छ”, उहाँले भन्नुभयो ।

पुलको उद्घाटन गर्दै मन्त्री चौधरीले सामाजिक न्यायसहितको समृद्धि भन्ने प्रदेश सरकारको नीति रहेकोले भौगोलिक अवस्था, पुल, सडक लगायत कारण असहज स्थिति भोग्दै आएका नागरिक र वस्तीलाई पहिलो प्राथमिकता दिएर सरकारले विकासका कार्य गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “पुलकै कारण यहाँका बालबालिकाहरु शिक्षाबाट वञ्चित हुन हुँदैन भन्ने मुख्य उद्देश्य हो, पिछडिएका जनजातिको बसोबास रहेको सुखौरावासीको पनि अव जीवनस्तर सुधार हुन्छ, यो पर्यटकीय आकर्षणको स्थल भएकोले यहाँ ठूलाठूला रिर्सोटहरु पनि खुल्दै छन् ।”

यहाँको खुर्सानीबारी आन्तरिक पर्यटकको रोजाईमा पर्छ । तराईबाट छोटो दुरीमै पहाडी क्षेत्रको मनोरम वातावरणमा रमाउन यहाँ आन्तरिक पर्यटकहरु आउने गरेका छन् । केही व्यवसायीहरुले यहाँ रिर्सोट खोल्ने तयारीमा छन् । यहाँको अव्यवस्थित जग्गाको जग्गाधनी पूर्जा नहुनु र पुलको अभावका कारण यो क्षेत्र पछाडी परेको थियो । सुखौरामा प्राथमिक तहभन्दा माथिको विद्यालय नहुँदा त्यहाँका बालबालिका जर्गाह, भूमहीसम्म पढ्न आउनुपर्ने बाध्यता छ भने प्रशासनिक हिसावले बर्दघाट नगरपालिकामा परेपनि सुखौराका नागरिक किनमेल लगायतका लागि सुनवलका विभिन्न बजारमा पुग्ने गरेका छन् ।

लुम्बिनी प्रदेश सरकारले यसबाहेक हुलाकी सडक तथा नजिककै गाउँ जानपनि घण्टौँ लाग्ने स्थानलाई प्राथमिकता दिएर दुईवर्षभित्र पाँचवटा ठूला मोटरेबल पुल निर्माण गर्ने लक्ष्यका साथ बजेट विनियोजन गरेको थियो । रामग्राम, सुनवलमा बन्ने त्यसमध्येका एृउटा पुल निर्माण सम्पन्न भईसकेको छ भने दुई वटा निर्माणाधिन र दुई वटाको निर्माण शुरु भएको छ । सुनवलको बेलारी खोलामा नौ महीनामै पुल सम्पन्न भएको सडक पूर्वाधार कार्यालय रुपन्देहीका प्रमुख ललित न्यौपानेले जानकारी दिनुभयो ।

रु दुई करोड ३० लाख ५३ हजारको लागतमा निर्माण भएको उक्त पुलले सुनवल र बेलारी गाउँ जोड्नुका साथै पर्यटकीय स्थल महलपोखरी र पाल्पाको गोठादी सडक सञ्जाललाई जोड्छ । यो पुलले नवलपरासी र पाल्पाको पहुँचलाई पनि विस्तार गर्ने सुनवल नगर प्रमुख भीमबहादुर थापा बताउनुहुन्छ । यस्तै सुनवलको वनकट्टी र छडेनी जोड्ने झरही खोला तथा रामग्रामको देउरवा र रामग्राम स्तूप जोड्ने झरही खोलामा पनि अहिले धमाधम पुल निर्माणको कार्य भईरहेको छ । छडेनीमा पुल निर्माण भएपछि वनकट्टीका बासिन्दालाई परासी आवत–जावत गर्न तथा छडेनीका बासिन्दालाई सुनवल नगरपालिका आउन–जान सहज हुनेछ भने छडेनीबाट वनकट्टी पढ्न जाने विद्यार्थीलाई सहज हुनेछ ।

पुल नहुँदा बर्सातको समयमा वनकट्टी पढ्न जानुपर्ने विद्यार्थी तीन महिना पढाइबाटै वञ्चित हुनु परेको स्थानीयवासी लतिदुन नेसाले बताउनुभयो । रामग्राम नगरपालिका–७ स्थित देउरवा गाउँ र गौतम बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूप जोड्ने गरी झरही खोलामा पुल निर्माण भएपछि रामग्राम नगरपालिकाको बैकुण्ठपुरदेखि उजैनी गाउँलाई जोड्नेछ । साथै पूर्वपश्चिम राजमार्गको हरकट्टादेखि सिधै रामग्राम स्तूप पुग्न सहज हुनेछ । यहाँ पुल नहुँदा बर्सातको समयमा स्थानीय देउरवा गाउँका बासिन्दालाई सदरमुकाम परासी आवातजावत गर्न तथा उजैनी गाउँमा अध्ययन गर्न आउन–जानका लागि विद्यार्थीलाई समस्या रहेको थियो ।

यसैगरी रामग्राम नगरपालिकाकै घिनाहा र शुक्रौली जोड्ने गरी तुरिया खोलामा पनि मोटरेबल पुल निर्माण शुरु भएको छ । पूरानो हुलाकी सडक भएपनि यहाँ पुल नहुँदा तुरियादेखि पश्चिम रुपन्देही सीमा सम्मका क्षेत्रहरु पछाडी परेका छन् । प्रदेश सरकारले रु आठ करोड ८० लाखको लागतमा पुल निर्माणको ठेक्का सम्झौता गरी निर्माण कार्य अघि बढाएको छ । यो पुल ३० महीना भित्र सम्पन्न हुनेछ । यस क्षेत्रको विकास र यहाँका नागरिकलाई विकासको मूल प्रवाहीकरणमा ल्याउन पनि यो पुलको आवश्यकता रहेको मन्त्री चौधरीले बताउनुभयो ।

यहाँ पुल निर्माण शुरु भएपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । रामग्राम–१८ पण्डितपुरका अर्जुन यादव पुलकै अभावमा सदरमुकाम जान दश किलोमिटरको यात्रा गर्नुपर्ने अवस्था रहेकोमा अव यो पुल बनेपछि आधा बाटो कम हुने बताउनुहुन्छ । यहाँका बडगाउँ, घिनाहा, पण्डितपुर, कुँईया, धरमपुरका वासिन्दालाई यो पुलले सहज बनाउने रामग्राम–१५ का वडाध्यक्ष धनपद यादवले बताउनुभयो । पुल निर्माणसँगै भगवान् गौतम बुद्धको सम्भावित मावलीस्थल पण्डितपुरको विकासमा समेत टेवा पुग्ने रामग्राम नगर प्रमुख नरेन्द्र गुप्ताले बताउनुभयो । रामग्राम स्तुप आउने पर्यटकलाई पण्डितपुर आवातजावत गर्न सहज हुने उहाँको भनाइ छ ।

प्रदेश सरकारले यसै वर्षदेखि सुनवलको खुटहट र रामग्रामको डैनहवा जोड्ने गरी तुरिया खोलामा पनि पुल निर्माण शुरु गरेको छ । रु आठ करोड ३० लाख पचास हजारको लागतमा निर्माण हुने उक्त पुल ३० महिनाभित्र सम्पन्न हुने सडक पूर्वाधार कार्यालय रुपन्देहीले जनाएको छ । शुक्रौली घिनाहा र सुनवल डैनहवा जोड्ने पुलको शिलान्यास गर्दै मन्त्री चौधरीले समयमै र गुणस्तरीय पुल निर्माण गर्न निर्देशन दिनुभएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.