भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ | भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी |

नेप्सेमा सामान्य गिरावट, तीन अर्बमा कारोबार

नेप्सेमा सामान्य गिरावट, तीन अर्बमा कारोबार

काठमाडौं । साताको सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट भएको छ । एक सातासम्म लगातार बढेर सोमबार ६९ अंकको गिरावट भएको नेप्सेमा मंगलबार दिनभर उतार–चढावबीच २.६६ अंकले घटेर २५१८.९९ अंकमा बन्द भएको छ ।

बजार परिसूचकमा सामान्य गिरावट भए पनि कारोबार रकम भने आज तीन अर्बमा सीमित भएको छ । आज नेप्सेमा ५८ लाख २८ हजार ७८३ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब १२ करोड ५५ लाख ७६ हजारको कारोबार भएको छ । हिमालयन डिस्टिलरीले लिड गरेको छ भने कम्पनीको २६ करोडको सेयर कारोबार हुँदा नबिल बैंकको २५ करोडको कारोबार भएको छ ।

नेप्सेमा आज सामान्य गिरावट भए पनि व्यापार, विकास बैंक, वित्त कम्पनी हाइड्रोपावर, उत्पादनमूलक र अन्य उपसूचक भने बढेका छन् । बजारलाई लिड गर्ने बैंकिङसहित बिमा उपसूचकमा भने गिरावट भएको छ । आज नेप्सेमा १९० कम्पनीको सेयर किनबेच हुँदा ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ कम्पनीको सेयर मूल्य घटेको छ ।

 


Thali Mobile Pvt.Ltd.