भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेप्सेमा सामान्य गिरावट, तीन अर्बमा कारोबार

नेप्सेमा सामान्य गिरावट, तीन अर्बमा कारोबार

काठमाडौं । साताको सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट भएको छ । एक सातासम्म लगातार बढेर सोमबार ६९ अंकको गिरावट भएको नेप्सेमा मंगलबार दिनभर उतार–चढावबीच २.६६ अंकले घटेर २५१८.९९ अंकमा बन्द भएको छ ।

बजार परिसूचकमा सामान्य गिरावट भए पनि कारोबार रकम भने आज तीन अर्बमा सीमित भएको छ । आज नेप्सेमा ५८ लाख २८ हजार ७८३ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब १२ करोड ५५ लाख ७६ हजारको कारोबार भएको छ । हिमालयन डिस्टिलरीले लिड गरेको छ भने कम्पनीको २६ करोडको सेयर कारोबार हुँदा नबिल बैंकको २५ करोडको कारोबार भएको छ ।

नेप्सेमा आज सामान्य गिरावट भए पनि व्यापार, विकास बैंक, वित्त कम्पनी हाइड्रोपावर, उत्पादनमूलक र अन्य उपसूचक भने बढेका छन् । बजारलाई लिड गर्ने बैंकिङसहित बिमा उपसूचकमा भने गिरावट भएको छ । आज नेप्सेमा १९० कम्पनीको सेयर किनबेच हुँदा ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ कम्पनीको सेयर मूल्य घटेको छ ।

 


Thali Mobile Pvt.Ltd.