भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

नेमकिपा स्थापना दिवसका अवसरमा राकम कर्णालीमा जनसभा सम्पन्न

नेमकिपा स्थापना दिवसका अवसरमा राकम कर्णालीमा जनसभा सम्पन्न

राकम कर्णाली । नेपाल मजदुर किसान पार्टीको ४७ औं स्थापना दिवशको अवसरमा आठबीस नगरपालिका राकम कर्णाली दैलेखमा विशाल जनसभा सम्पन्न भएको छ । केन्द्रीय सदस्य जग्यबहादुर शाहीको प्रमुख आतिथ्यमा आज सम्पन्न जनसभामा बोल्ने वक्ताहरुले समाज रूपान्तरणका लागि तत्पर रहन आग्रह गरेका छन् ।

देशमा अस्थिरता ल्याउन जिम्मेवार रहेका राजनीतिक दलका प्रतिक्रियावादी क्रियाकलापहरूकै कारण देश संकटमा परेको उनीहरुको भनाई छ । प्रतिपक्ष नेपाली काँग्रेशजस्तो दलाल पार्टीकै कारण देशमा अस्थिरता देखिएको उनीहरुको जिकिर छ । माओवादीको आन्दोलन र त्यसपछिका घटनाक्रमहरूले देशमा विभिन्न क्षेत्रमा अस्थिरता कायम हुनुले नेपालमा कम्युनिष्ट आन्दोलन दिग्भ्रमित भएको दावी उनीहरुको छ ।

निर्वाचनलाई जनताको चेतनास्तर उकास्ने मञ्चको रूपमा नेमकिपाले प्रयोग गरिरहेको भन्दै वत्ताहरुले नेकपाको अपवित्र गठबन्धनबाट देशलाई नै खतराको स्थिति पु¥याएको उनीहरुको जोड थियो । सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि शाहीले नेपालमा कम्युनिष्ट पार्टीका नाउँमा तस्कर र दलालहरूको राजनीतिक संरक्षण गरिरहेको ठोकुवा गरे । देशमा अस्थिरता फैलाउनका लागि छिमेकी सक्रिय रहेको र त्यसैको परिणाम नेपालमा अहिले नेकपाको विभाजन भएको जिकिर गरे ।

तस्करका विरूद्धमा खबरदारी गर्ने नागरिकको दायित्व भएकाले राजनीतिक दलहरूको बेईमानीलाई जनता सम्म लिएर पाखण्डीहरुलाई नाङ्ग्यझार पार्नु पर्ने बताए । सभामा पार्टी दैलेख जिल्ला सदस्य केशेन्द्रप्रकाश कार्की, निरकबहादुर शाही, जिल्ला सचिवालय सदस्य लालबहादुर सिजापति, नेपाल प्राध्यापक समाजका केन्द्रीय सदस्य डा. कृपाराम विश्वकर्मालगायतले धारणा राख्दै देशभक्तहरूले नेपालको सार्वभौमिक अखण्डता र स्वाधीनता जोगाउन र उन्नत राजनीतिक संस्कारको विकास गराउन विशेष ध्यान दिन जरुरी रहेको औंल्याए ।

jaggeत्यसैगरी कार्यक्रममा आठबीस नगरपालिका वडा नं. ९ का वडाध्यक्ष धनबहादुर सिजापति, नेक्राशिसंघका जिल्ला समिति सदस्य दिपकबहादुर शाहीले धारणा राखेका थिए । नेमकिपा आठबीस नगर अध्यक्ष जयबहादुर बडुवालको सभापत्विमा सम्पन्न जनसभामा स्थानीय कलाकारहरूले विभिन्न सास्कृतिक कलासंगै देउडा प्रस्तुत गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.