काठमाण्डौ । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ सातवटै प्रदेशमा पठाउन थालिएको छ । अनुदानमा उपलब्ध गराएको उक्त खोप सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको र प्रदेशबाट नै जिल्ला अस्पतालमा आवश्यकताका आधारका वितरण गरिनेछ प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए । आइतबारसम्म सबै प्रदेशमा खोप पुगाउने मन्त्रालयले जनाएको छ ।
