भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

पत्रकारका लागि पेन्सन

पत्रकारका लागि पेन्सन

मकवानपुर । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारिता गरेका ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक चार हजारका दरले पेन्सन दिने भएको छ ।

सो कार्यक्रम देशभरिका महासङ्घका शाखामध्ये मकवानपुर शाखामा आबद्ध पत्रकारलाई लागू हुने गरी सबैभन्दा पहिलोपटक गर्न लागिएको बताइएको छ । पत्रकार महासङ्घ मकवानपुर शाखाका अनुसार कार्यसमिति बैठकबाट ज्येष्ठ पत्रकार पेन्सनसम्बन्धी कार्यविधि, २०७७ पास गर्दै प्रतिपत्रकार मासिक रु चार हजारको दरले पेन्सन दिनका लागि थप प्रक्रिया कार्य अघि बढाइएको हो ।

पेन्सन दिनका लागि यसअगावै हेटौँडा उपमहानगरपालिकाले कोषमा रु १० लाख उपलब्ध गराइसकको छ । उक्त रकम पत्रकार महासङ्घ मकवानपुर शाखाले वाणिज्य बैंकमा यसअघिनै खोलिएको खातामा जम्मा गरिएको छ ।

यही बैंकमा यसअघि मुद्दति खातामा रहेको रु दुई लाखसमेत पेन्सन कोषमा जम्मा गर्ने र उपमहानगरपालिकाले कोषका लागि दिएको रु १० लाखको ब्याज रकमबाट पेन्सन दिन लागिएको पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले बताए । पेन्सनसम्बन्धी कार्यविधिलाई महासङ्घको यही मङ्सिर २६ गतेको साधारणसभाले पारित गर्नेछ ।

 


Thali Mobile Pvt.Ltd.