भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

विद्यालय १० दिनका लागि बन्द

विद्यालय १० दिनका लागि बन्द

शुक्लाफाँटा । कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि शुक्लाफाँटा नगरपालिकामा सञ्चालित विद्यालयको पठनपाठन १० दिनका लागि बन्द गरिएको छ ।

नगरपालिकाको कार्यपालिकाको बैठकले मङ्सिर २५ गतेदेखि पुस ५ गतेसम्मका लागि सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो । लामो समयदेखि बन्द भएको विद्यालय मङ्सिर २१ गतेदेखि सञ्चालन गरिएका थियो ।

वडा नं ५ र ६ मा गरी आठ जनामा कोरोना भाइरसको सङ्क्रमण हुनुका साथै एकको मृत्यु भएपछि नगरपालिकाले विद्यालयमा समेत सङ्क्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गरी विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

शुक्लाफाँटामा हालसम्म १ सय २४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये नौजना मात्रै सक्रिय सङ्क्रमित रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.