भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

परराष्ट्रमन्त्री विमला राई स्वीट्जरल्याण्ड जाँदै

परराष्ट्रमन्त्री विमला राई स्वीट्जरल्याण्ड जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्याल संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन स्वीट्जरल्याण्ड जाँदैछिन् ।

मन्त्री पौडेलेले मानवअधिकार परिषद्को बैठकमा आफूहरुको सहभागिता असाध्यै महत्वपूर्ण रहनृ बताइन् । भ्रमणका क्रममा राष्ट्रिय मानव अधिकार आयोगलाई क श्रेणीमै कायम राख्न पहल हुने बताइन् ।

मानव अधिकार संस्थाहरुको अन्तर्राष्ट्रिय सञ्जाल (गानरी) ले नेपालको मानव अधिकार आयोगलाई ख श्रेणीमा घटुवा गर्न सिफारिस गरेको थियो ।

बैठकका क्रममा द्विपक्षीय भेटवार्ताहरु पनि गर्ने तय भएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् ।

उनका अनुसार मन्त्री पौडेल जेनेभाबाट दोहा आउने छिन् र अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।

सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड पनि शुक्रबार कतार जाने कार्यक्रम छ । प्रधानमन्त्री २२ र परराष्ट्रमन्त्री २३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

 


Thali Mobile Pvt.Ltd.