भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

काठमाडौं । शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्ष र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन प्रकाशित गरी पश्चिमी वायुको प्रभावसँगै दक्षिणपूर्वी अरवियन सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिरहेकाले सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको उच्च हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने जनाएको छ ।

साथै पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागल जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । राति प्रदेश नं १, दुई, वाग्मती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्कादेखि माध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम  दशमलव ३ डिग्री र अधिकतम तापक्रम २० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस १ दशमलव ५ डिग्री र सबैभन्दा धेरै जनकपुरको न्यूनतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.