भर्खरै : Sorry, your browser does not support inline SVG.
नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर | २५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीलाई बेहोस बनाएर दाह्रा काट्ने तयारी | बारम्बार बत्ती जाने समस्या अन्त्य गर्न सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारीमा | १० जिल्लामा बाढीको जोखिम, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह | मौद्रिक नीतिले बजेटलाई बलियो साथ दिएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल | ७ जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रेमा अझै उच्च जोखिम | होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन |

पाँचथरमा दुर्घटना हुन्दा एक जनाको मृत्यु

पाँचथरमा दुर्घटना हुन्दा एक जनाको मृत्यु

पाँचथर । पाँचथरमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अन्य ९ जना घाइते भएका छन् । फालेलुङ–८ लुवाफुबाट सदरमुकाम फिदिमका लागि छुटेको मे १ ज २९५८ नम्बरको जीप आइतबार बिहान दुर्घटना हँुदा दुर्घटनामा पाँचथरको फालेलुङ गाउँपालिका–८ का ३० वर्षीय साजन केरुङको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा चालक छविअधिकारीसहित ९ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइते तीन जनालाई उपचारका लागि झापा रेफर गरिएको प्रहरीले जनाएको छ।

घाइते ६ जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुल्न नसकेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.