भर्खरै : Sorry, your browser does not support inline SVG.
नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर | २५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीलाई बेहोस बनाएर दाह्रा काट्ने तयारी | बारम्बार बत्ती जाने समस्या अन्त्य गर्न सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारीमा | १० जिल्लामा बाढीको जोखिम, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह | मौद्रिक नीतिले बजेटलाई बलियो साथ दिएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल | ७ जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रेमा अझै उच्च जोखिम | होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन |

बस दुर्घटना हुँदा पाल्पामा एक जनाको मृत्य, ३५ घाइते

बस दुर्घटना हुँदा पाल्पामा एक जनाको मृत्य, ३५ घाइते

पाल्पा । तानसेन बुटवल सडक खण्डको तिनाउँ गाउँपालिका–५ जोरधारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुटवलबाट बाग्लुङको बुर्तिबाङ तर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस आइताबार दुर्घटना हुँदा एक जना महिलाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुपन्देही देवदह नगरपालिकाकी ३६ वर्षीय राधिका पौडेलको मृत्य भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटना परी ३५ जना यात्रु घाइते भएका छन् । बस तीव्र गतिमा रहेको र मोडमा साईड नकटेका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइतेको उद्धारमा प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीहरु जुटेर तत्काल उद्धार गरेर लुम्बिनी मेडिकल कलेज पठाएका थिए भने घाइतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घाइते भएका मध्ये ५ जनाको अवस्था गम्भिर रहेको र अन्यको हातखुट्टा र टाउको, छातिमा चोटपटक लागेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.