भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक बस्दै

पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान ९ बजे बस्दैछ । गठबन्धनको बैठकमा आगामी निर्वाचन लगाएतका विषयमा छलफल हुने बताइएको छ ।

गठबन्धनको आजको बैठकले स्थानीय तह निर्वाचन, संघीय संसद र प्रदेशसभाको चुनावका बारेमा स्पष्ट धारणा बनाउने आकलन गरिएको छ । यसअघि गठबन्धन सम्बद्ध दलहरुबीच स्थानीय तहको निर्वाचनलाई केही पर धकेलेर यसअघि संघीय र प्रदेश तहको निर्वाचनको गर्ने बहस चलिरहेको थियो ।

आगामी चुनावका बारेमा शुक्रबार प्रधामन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका थिए।

उक्त बैठकमा तीन शीर्ष दलका नेताहरुले स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायतका विषयमा छलफल गरेको एक स्रोतले जानकारी दिएको छ।

गठबन्धनका शीर्ष नेताहरूले भने स्थानीय तहको निर्वाचन ६ महिनापछाडि धकेलेर पहिले संघको चुनाव गर्नेबारे छलफल चलाइरहेकाले दलहरूबीच साझा धारणा बनाउन आजको बैठकले सहज हुने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.