भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

आहा रारा गोल्डकपः विजेताका लागि आज मनाङ र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुँदै

आहा रारा गोल्डकपः विजेताका लागि आज मनाङ र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । बिसौँ संस्करणको पोखरामा जारी आहा–रारा गोल्डकपको उपाधिका लागि आज गोल्डकपको सर्वाधिक विजेता मनाङ मर्स्याङ्दी क्लब र विभागीय टोली एपिएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

यसअघि भएको सेमिफाइनल खेलमा विभागीय टिम एपिएफले लिग च्याम्पियन मछिन्द्र क्लबलाई र मनाङले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए।

विभागीय टिम एपिएफ २०६८ सालमा विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित हुुदै आहा–रारा कपको उपविजेता बनेको थियो।

त्यस्तै, मनाङ मर्स्याङ्दी क्लब आहा–रारा गोल्डकपको सर्वाधिक विजेता क्लब हो। मनाङले २०६०, २०६१, २०६८, २०७२, २०७३ र २०७६ सालमा उपाधि चुमेको थियो।

बिसौं संस्करणसम्म आइपुग्दा मनाङले १२ पटकसम्म फाइनलको यात्रा तय गरेको छ भने एपिएफ १४ वर्षपछि फाइनलमा पुगेको छ।

प्रतियोगितामा संकटा क्लब‚ नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, एपिएफ क्लब, मनाङ मर्स्याङ्दी क्लब, मच्छिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, त्रिभुवन आर्मी क्लब, सहारा क्लब र बिवाइएसी मिनेसोटा युएसए गरी १० टोली सहभागी छन् ।

त्यस्तै गोल्डकपको विजेताले १० लाख एक हजार रुपैयाँ र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन् भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले अप्रिला स्कुटर एवं विधागत रूपमा पाँच जना उत्कृष्ट खेलाडीले पनि पुरस्कार पाउने आयोजक सहारा क्लबले जनाएको छ।

 

 


Thali Mobile Pvt.Ltd.