l;dsf]6, !! h]7M gf/f n]vdf lxpF kG5fP kl5sf] ;8sv08 x'Dnfsf] gfDvf ufpFkflnsf% l:yt gf/f n]vdf kfFr dlxgfb]lv hd]sf] lxpFklx/f] kG5fPkl5sf] ;8sv08 . tl:a/M bfg] af]x/f÷/f;;
हुम्ला । पाँच महिनादेखि अवरुद्ध भएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ मा पर्ने सिमकोट–हिल्सा सडक खण्ड सञ्चालनमा आएको छ । गएको पुसमा भएको भारी हिमपात र पहिरोका कारण अवरुद्ध भएको यो सडक खण्ड केही दिनअघिदेखि सञ्चालनमा आएको हो ।
डोजरले नौ दिन लगाएर हिउँ, पहिरो पन्छाएपछि सिमकोट–हिल्सा सडकमा यातायात चल्न थालेको हो । नाम्खा–५ को यारीमा पर्ने नारा लेकमा जमेको झन्डै चार फिटसम्मको हिउँ र पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हिल्सा–सिमकोट सडक आयोजनाका इञ्जिनियर नीरज राजवंशीले बताउनुभयो ।
सिमकोट–हिल्सा सडक खण्डको सिमकोटदेखि यारीसम्म यातायात सञ्चालन भए पनि नारामा हिउँ जमेको हुनाले पाँच महिनादेखि यातायात अवरुद्ध थियो । हिल्सा–यारी खण्डको २८ किलोमिटर सडकमध्ये १० किमी सडकबाट हिउँ र १८ किमी सडकबाट पहिरो पन्छाइएको हो।
पाँच महिनादेखि सडक यातायात अवरुद्ध हुँदा स्थानीय एवं व्यापारी पैदलै हिँड्न बाध्य थिए । वैशाख १८ गतेदेखि जेठ पहिलो हप्तासम्म ताक्लाकोट जाने हुम्ली तथा हिल्सामा कार्यरत सुरक्षाकर्मीले पैदल भएर आवतजावत गरिरहेका थिए । अहिले पहिरो र हिउँ पन्छाएसँगै यातायात सञ्चालन भएकाले ओहोरदोहोर गर्न सहज भएको सिमकोट गाउँपालिका–७ का बासिन्दा वीरबहादुर सिंहले बताउनुभयो ।
