काठमाण्डौ ( अबदेखि ललितपुरको पाटन दरबार स्क्वायरका मन्दिरमा बस्न नपाइने भएको छ । शनिबारदेखि महानगरपालिकाले पाटन दरबार स्क्वायरका मन्दिरमा बस्न रोक लगाएको हो । बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म मन्दिर परिसरमा महानगर प्रहरी खटिने र मन्दिरमा बस्न नदिने महानगरले जनाएको छ ।
पाटनका विश्वनाथ मन्दिर र हरिशङ्खर मन्दिरमा बस्न रोक लगाइएको छ भने अन्य मन्दिरहरूमा पनि रोक लगाउने तयारी भइरहेको महानगरले जनाएको छ । मन्दिर परिसरमा बस्नेहरुले विकृति फैलाउने खालका गतिविधि गरेकाले रोक लगाइएको महानगरले उल्लेख गरेको छ ।
